अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०७ | Colorodo: 01:22

कोरोना

शान्तिराम ढकाल २०७६ चैत ३ गते २२:४० मा प्रकाशित

जीवनलाई खाकी बनाएर
निरन्तर जिन्दगीका पाइलाहरू
पाना पाना भिजाएर आमाले सिंचन गरिन
कोरोना टोक्न खोज्छ सर्प यम दूत भएर

थाहा छैन दैनिकी मृत्यु गन्छ समाचार त्रासको
भन्ने पनि ढलेको छ हेर्ने पनि ढलेको छ
अनि सुन्ने ढलेको छ कोरना भएर
न्यु योर्क ढल्दा दार्चुला दुख्छ बेस्सरी

सेन्सानिटीको ऐयाबेल डॉंगी सुनिन्छ
भयावह छ सियोलको पिडासँगै आमा रुन्छिन्
सिड्नी के छ आमा रेडियो सुन्छिन् बिहान बेलुका
धनगढी दिल्लीको त्रासमा जातीय युद्धसँगै

कोरोना पढ्छ बिहान बेलुका
आमा सोध्छिन् के छ कोरोनाको खबर
निरुत्तर छ नेपाल फर्केको छोरो
बाटो बन्दछ गन्तव्य अड्केको छ

हात धुने पानी छैन
चिच्याएर प्रचार बोल्छ हात धुनु
मौनतामा फेरी भुईँचालो जस्तै दसैँ आएको छ देशमा
परदेश अलमलमा छ

किनकि उ चिन्तित छ
देश चलेको छ परदेशले ।

प्रतिक्रिया