अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०२ | Colorodo: 15:17

“त्यो रात”…..

रमेश दियाली

रमेश दियाली २०७६ मंसिर १४ गते १७:०६ मा प्रकाशित

कथा:
अफिसको काम सकेर सिधै कोठामा आई पुगे। आगं तनक्क तन्काए। लामो सास फेर्दै सोफामा थचक्क बसे। पुरै थाकेछु। स्याउको जुस धट…धट..पिए। शीतल महसुस भयो। लामो सास फेरे। सिगरेट सल्काए। धुवा उडाउँदै गर्दा जुत्ताको लेस खोले।चिसो पानीमा नुहाउन मन लाग्यो। कपडा खोले। नुहाउन पसे। सोचे केही खानु पर्‍यो। अहँ ,केही खान मन भएन। सम्झे ! सुत्नु पर्‍यो। बेडमा पल्टे। निन्द्रा पटक्कै लाग्या हैन। यसो घडी हेरे, ९ बजी सकेछ। एक छिन पारिजातको “सिरिसको फूल” किताब पढ्न थाले। एक पाना पढे पछि खासै मन लागेन। हवात्त किताब टेबलमा फ्याँकी दिए। बिचरा ! ! पारिजात….! ! सोचे !

फेसबुकमा बस्नु पर्‍यो। धेरै भएको थियो, फेसबुक नखोलेको । नेपाल देखि हिँडे पछि कति साथीहरूसँग कुरा गर्न नै पा छैन । कोही अनलाइन भए आज खुब कुरा गर्नु पर्‍यो। ल्यापटप खोले। फेसबुकमा उजर नेम र पासवर्ड लगाउँदै गर्दा फेरी अर्को सिगरेट सल्काए। साथी भने पनि आफन्त भने पनि साला !.. यही सिगरेट त छ नि….,! ! ! ! सिगरेटलाई हेर्दै धुवा झ्यालबाट बाहिर उडाई दिए। जुनेली रातको प्रकाशमा धुवा त्यो माथि बादललाई भेट्न आतुर थियो। निधारको भाग अलिकति खुम्चियो। उँभो हेरे। कस्तो ! पासवर्ड त ईनकरेट भन्छ त? किईबोटमा औंला हल्लाउँदै गर्दा याद भयो। सेट !!! पासवर्ड त यो पो त ! ! ! ! ! ! “नेपाल २००८ । फेरी लग ईन गरे। फेसबुक ओपन हुन साथ , वाट्स ईन हिवर माइन्ड भन्छ ? । बेस्सरी रिस उठ्यो । सिगरेटको टुक्रा एस टयारेमा रगेट्दै, गर्दा मैले पनि भनी दिए । तेरो चैँ माइन्ड मा के छ नि ? नोटिफिकेसन र मेसेजमा रातो देखी हाले। १४ मेसेज रहेछ र २० नोटिफिकेसन। हैन ! यो गेम रिकोसेट कति पठाएको ह ? सिधै ईन बक्स मेसेजमा किलिक गरे । हाई… !! लेखेको रहेछ। सन्दीप क्षेत्रीले। सम्झने कोसिस गरे। को रहेछ यो सन्दीप ? अहँ , मेरो कोही सन्दीप नाम गरेको साथी छैनन्। हेलो !!!!….अनुको अर्को मेसेज रहेछ। अनु …? फेरी दिमागमा झट्टका लाग्यो । आ ……!! जो सुकै होस । यसलाई चैँ रिप्लाई गर्नु पर्‍यो। रिप्लाई गरी हाले। हेलो …!!!😀 अरू मेसेजहरू पनि हेर्दै जान थाले। प्रज्वल धोज राणाले पनि सम्झिन भ्याएछ। टाउको हल्लाउँदै मन मनै यसो भने- सम्झिन्छ केटाले। फोन नम्बर मागेको रहेछ। नम्बर छोडी दिए। अनुको मेसेजको पर्खाइमा बसे। पटक्कै रिप्लाई गर्‍या हैन। घडी हेरे। १ घण्टा भई सक्यो। अत्तो पत्तो छैन।

अब सुत्नु पर्‍यो भन्दै गर्दा प्रोफाइल चेक गर्न मन लाग्यो। कभर फोटो त बच्चाको पो छ। सोचे विवाहित होला। मुख लोपारे। बुढो चैँ विदेशमा होला। हामी जस्तो कन्या केटाहरूलाई लाइन मार्छे। कति न भर्जिन भए झैँ ?अझ जान्न मन लाग्यो। एबाउटमा किलिक गरे। डिसेम्बर ८ ,१९८८ बोन डेट रहेछ। केटी त कलिलै छे। करेन्ट सिटी काठमान्डु उल्लेख गरेकी थिई। प्रोफेसनल स्किल त खासै केही थिएन। स्टास पनि सिगंल छ। फेरी यो बच्चा ? …..? फोटो हेर्नु पर्‍यो भन्दै गर्दा टिगं…..टिगं…आवाज आयो। उसैको मेसेज रहेछ। हल्का हासे..,साइड बाट। सिगरेट सल्काए। नमस्ते लेखे। उताबाट नमस्कारको 🙏ईमो पठाईन। तिम्रो म्यूज़िक भिडियो हेरेको थिए। राम्रो लागो। तेसैले फेसबुकमा सर्च गरेर एड गरेको। नाम? उसैले लेखिन…!!! मैले पनि लेखिदिए – “समीर”। अनि फेसबुकमा त अर्कै छ त ? फेरी सोधिन। साथीहरूले जिस्काउने नाम हो …, “झापाली केटो” अनि तिम्रो ? मैले सोधे। अनु…….! ! ! ! ! अनु के नि ? लास्ट नेम छैन? अहिलेको जमानामा पनि जात सोध्ने ? तिमी त पुरै रेसिस्ट रहेछौ । सोचे जति स्मार्ट रहेनछौ । रिप्लाई गरिन । सरी लेख्दै डिलिट गरे। के लेखौँ ? के लेखौँ भो ? सोधेको मात्रा …!! नरिसाउन यार ? जवाफ फर्काए । ईट्स ओ के । रिप्लाई गरिन ।”प्रेम नबुझिदिनेहरूलाई प्रेम गरेर समय बर्वाद नगरेकै राम्रो , प्रेम उसैलाई गर जसले तिम्रो प्रेमलाई कम्तीमा पनि बुझिदियोस” 🌹रातो गुलाबको फोटो सहित फेसबुकको वालमा मा स्याट्स लेख्न भ्याई सकेछिन्।  क्रेडिट: साया उपन्यासलाई दिएकी थिन। मैले पढे। खुब पढे। लाईक पनि गरे। घर कहाँ नि ? मैले सोधे । सुकेधारा काठमान्डु । तर अहिले चैँ त्यहाँ बस्दिन । पोखरामा बस्छु । रिप्लाई गरिन ।

अनि तिम्रो ? वासिन्टगं सेटल भनिदिए । 👍 थम्पस अपको ईमो सेन्ट गरिन। सोध्न मन लागेको थियो ! ! ! ! तिमी विवाहित हौ ? अहँ सोधिन। अनि त्यो बच्चाको फोटो चैँ ? त्यो पनि सोधिन। “हाम्रो शरीरको सब भन्दा सुन्दर वस्तु नै मन हो । मनमा माया भए पछि प्रेम आफै हुन्छ । उनको स्ट्समामा कमेन्ड पनि लेखे । मेरो कमेन्डमा लाईक गरिन । उनीसँग कुरा गर्दा कमफटेबल फिल भई रा छ । फेरी मेसेज गरिन । के गर्छौ यु. एसमा ?  ग्राफिक डिजाइनको स्टुडेन्ट हो । उत्तर दिए । तिमी चैँ के गर्छौ ? मैले सोधे । जवाफ फर्काई – आकाशमा उड्छु । छक्क परे . .. , निधारको भाग अलिकति खुम्चियो । सिगरेट फ्यात्त भुईँमा झर्‍यो । के ? फेरी सोधे । बुद्ध एयरलाइन्समा एयर होस्टेट गर्छु । सिधा उत्तर दिइन । सिरेसलि ! ! ! ! मैले लेखे । एयर होस्टटको डेर्स सँगै क्याप्टेनसँगको सेलफि फोटो सेन्ट गरिन । वाओ नाईस …लेखे । रमाइलो हुन्छ होला है ? आकाशमा उड्दा ? जिज्ञासु सहित प्रश्न गरे । सधैँ आमाले भन्नु हुन्थ्यो – ” छोरी ! ! पढी लेखी ठुलो मान्छे बन्नु पर्छ । ठुलो मान्छे कस्तो हुन्छ मलाई थाहा थिएन । बाबाको स्वार्गवास पछि आमाले नै दुख्ख गरेर आज म यो ठाउँमा छु । वैशाख १२ गतेको भूकम्पले दाइको सानो छोरीलाई पुर्‍यो । त्यो तोते बोली अझै पनि मेरो कानमा गुन्जी रहन्छ । मेरो फेसबुकको कभर फोटोमा राखेको छु । हेर न । मैले हेरी सकेको थिए तर मैले भनिन । मेरो सानै देखिको सपना खुल्ला आकाशमा पन्छी झैँ उडने । आज सानोमा देखेको सपना पुरा गर्दै छु । तिमीसँग कुरा गरेर खुसी लाग्यो । भोलि बिहानै जोमसुमको फ्लाइट छ । नमरी बाँचे फेरी कुरा गरौला । उनको अन्तिम मेसेज पढ्दै गर्दा मन भारी भएर आयो । शुभ यात्राको मेसेज सेन्ड गर्दै गर्दा अफलाइन भई सकेछिन् । रात निक्कै छिप्पीसकेको थियो । म पनि फेसबुक साइन आउट गर्दै चुरोट सल्काए । दुई सर्को ताने र फ्याकी दिए ।

अब सुत्नु परो । टाउको दुख्ला-दुख्ला झैँ भयो । आँखा बन्द गरी सुत्ने प्रयास गर्दा गर्दै निदाएछु । मलाई अलरामले घरी-घरि हिर्काउन थालो । बिहानको १० बजी सकेछ । जुरुक्क उठ्दै गर्दा फोनको रिगं बज्यो । उही प्रज्वल धोज राणा रहेछ । न्यु योर्कमा होटेल ब्यवसायी गर्छ । हामी ११ र १२ सँगै पढेको । एक हिसाबले मेरो मिल्ले साथी पनि हो । फोन उठाए । नेपालमा बुद्ध एयरलाइन्स दुर्घटना भयो रे ? ओ !!!! सेट !!!! हो र ? मेरो बहिनी पनि थिई, भन्दै गर्दा फोन काटे र हतार हतार अनलाइन समाचार हेरे । ब्रेकिंग न्यूज़: “यति एयरलाइन्स दुर्घटना ग्रस्त” कान्तिपुर पत्रिकाले छापेको रहेछ । “पोखराबाट जोमसोमको लागि उडेको 9A-AJOभएको यति जहाज आज ८:१५ बजे दुर्घटना ग्रस्त अवस्थामा फेला परेको छ । जहाजमा सवार २० यात्रु, ३ चालक र एयर होस्टेट अनुको मृत्यु भएको छ” । ओ ! माई गड !!!…. नो !!! ओ माई गड । मेरो बोली नै बन्द भए झैँ भयो । आँखा पोल्न थाल्यो । पानी धट-धट पिए । सिगरेट सल्काए । धुवा भित्र लिदै बाहिर फ्याके । लामो सास लिदै फेसबुक खोले । सिधै उनको फेसबुक वालमा गए । हरियो एयर होस्टटको ड्रेसमा मुसुक्क हाँसेर नमस्कार गरेको तस्बिर सहित स्टाट्स लेखेको थिइन । “आज जोमसोमको हावामा खुब रमाउन मन छ । ३ क्याप्टेन सहित २० यात्रु र म उड्दै छु । फोटो हेरे । हातको औला थर.. र .. र काम्यो । शरीर ललाक लुलुक भयो । मुख सुकेछ । दाहिने हातको औला आँखामा अगि पुगेछ । आँसु थामिएन……। रोएछु…..। धुटुक्क थुक निल्ये । उनको फोटोमा स्रद्रा सुमन दिँदै थिए । रिप अनु ।” हिउँ आर ईन आवर हाट्र । ” कसैले दुखद घटना भन्दै थिए । कसैले राष्ट्र र क्याप्टेनलाई दोष दिँदै थिए । म अन्योलमा परे । म कसलाई दोष दियौ ? यो संसारमा जे सोच्यो त्यो हुन्न रहेछ । जे हुन्छ त्यो एउटा घटना बनेर अन्नतसम्म पिरोली रहने रहेछ । हामीले कुनै कल्पनै गरेका हुन्नौ । हो, त्यही कल्पना नगरै कै कुरा वास्तविक र यथार्थ हुदोरहेछ । यो माया भन्नै शब्द नै कस्तो नमिलेको जस्तो लाग्छ । बर्षौ सम्म देखा देख भएर पनि माया बस्दैन तर कहिल्यै नदेखेको मान्छेको यति धेरै माया लाग्छ । कहिले कहीँ उकालो हिँड्दै गर्दा थकित भएर लट्ठीको सहारा लिन्छौ । जब उकालो सकियो, लट्ठी फ्याँक्न माया लाग्छ । साँच्चै माया भन्नै चिज नै यस्तै, अजिब । जीवन यात्रामा थुप्रै सम्बन्धहरू जोडिन्छन् र टुट्छन् समय सँगै । तर केही यस्ता सम्बन्धहरू छन् जुन चाहेर पनि मेटिँदैन । बाँचिरहन्छन् जिन्दगी भरि, अन्नत सम्म । एउटा अमर छाप बनेर………। ढुगांमा खोपिएको अक्षर झैँ । सम्बन्ध त हाम्रो बिचार, भावनाले पो बनाउँदो रहेछ । “अल बिदा अनु” । “आत्मले शान्ति पाओस्” सिगरेट सल्काउँदै गर्दा फेसबुक साइन आउट गरे ।

प्रतिक्रिया