अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०१ | Colorodo: 19:16

भर्जिन

रमेश दियाली २०७६ कार्तिक २३ गते २२:०३ मा प्रकाशित

कथा: 

तिमी भर्जिन हो ?
के…! ?
मैले सोधेको – “ भर्जिन हो कि नई ?
किन र ? हो भने के, र होइन भने के अर्थ ?
किन रिसाएको ? सोध्नु गल्ती हो र ?
कसले भनेको छ गल्ती भनेर ?
त्यसो भए के त ?
एकै छिन हामी दुवै चुपचाप एक अर्कालाई हेराहेर गरिरह्ययौं। मौनतालाई भङ्ग गर्दै मेरो बोली फुट्यो।
त्यो पुरुषलाई बलात्कारी भन्ने कि नाईं ?
कुन पुरुषलाई ?
जो आफ्नो १९ बर्से प्रेमिकाको कुमारीत्वलाई जबरजस्ती पटक पटक बिछ्यौना बनाउँछ । रगतले लतपतिएको च्यादर हेर्दै भन्छ-
“ तिम्रो भर्जिन तोडियो आज देखि” । पूर्ण आईमई भयौ।
अनि २-४ प्यास मेटाएर अर्को भर्जिन माल चाहार्न थाल्छ।

“भर्जिन माल ?”

अँ ! भर्जिन माल”

तिमीहरू आफैले आफैलाई माल सम्झिन्छौ , यसमा हामी पुरुषहरूको के दोष ?

भो टाढै बस ! नारी ह्रदय बुझ्न सक्दैनौ तिमीहरू जस्तो पुरुषले।

दोष तिमीहरूको होइन ?

कसको त ?

तिमीहरू जस्तो पुरुषलाई जन्म दिने नारीको हो ।

आखिर नारी नै त रहेछिन् दोषी त । होइन र ?

हो नारी नै रहेछिन् , तिमीहरू जस्तो पुरुषको सोचमा। नारी माल होइन , समाजको मान हो। नारी सामान होइन बजारमा राख्ने र बेच्ने नारी सम्मान हो। छि. घिन लाग्छ ! थु..थु़…. तिमीहरूको खोक्रो पुरूषत्वलाई। एउटै कोखमा नौ महिना सम्म उतिकै कष्ट सहेर जन्मेता पनि छोरी अवमूल्यित र अपमानित हुन्छे भने हरेक दृष्टिले पुरुष सभ्या ठानिन्छ, चाहे त्यो लागु औषधिको दुर्बेषाणी नै किन नहोस्। पुरुष हुनुको दम्भ बोकेर नारीको इच्छा र आकाङ्क्षा विपरीत यौन शोषणको सिकार बन्छे। नारी भएकै कारण समाजमा दण्डित हुन्छे। तर पुरुष सामाजिक दृष्टिमा सभ्या ठरिन्छ। कहिले सम्म यो भोग्नु पितृसत्तात्मक शासन? शासनको अर्थ र औचित्य नै गलत छ। पितृसत्तात्मक दासत्वप्रति मेरो घोर विरोध छ।

“ जाडो महिनामा पनि चार इन्चका कपडा लगाएर पुरुषको ध्यानलाई खिच्छौ भने , हुँदैन न त बलात्कार ?” मलाई त लाग्छ नारी समस्याको जड हो। चकमन्न रात , सुनसान वातावरण , एक्ली नारी क्लप र डिस्को बारबाट निस्किन्छे भने यस्तो अवस्थामा हरेक पुरुषलाई नारीले नै मौका दिन्छन्। अनि खोज्छौ स्वतन्त्रता ? नारीवादीको चर्को आवाज उठाउँछौ र भन्छौ “ खै त नारी अधिकार ? “ के रे….? के रे ..?

नारी समस्याको जड रे ? तिमी जस्तो मूर्ख र पुरूषवादी सोच भएकालाई नौ महिना सम्म एउटी नारीले गर्भमा सुरक्षित पाल्छिन् र यस संसारमा जन्म दिन्छिन। के यही हो समस्याको जड ? नौ महिना नारीको खुनमा लतपत्यएर जन्मन्छौ र भन्छौ नारी अशुद्ध भाकी छे रे ? के यही हाम्रो समस्याको जड ? के हामीले यही गल्ती गर्‍यौ तिमीहरूलाई जन्म दिएर ? भन ? भन, किन बोल्दैनौ ? आफ्ना इच्छा अनि पिडाहरू सबै लुकाएर देखावटी खिस्स हाँस्दै अरूको जीवनमा खुसी ल्याइदिने नारी, तै पनि कतिपय चित्त नबुझेको कुरामा बहस गर्दा मात्र पनि गलत नै सम्झिने पुरुषहरू! कठै हाम्रो समाज । कति निम्न सोच । नारीले पैसा कमाउन थाली भने वेश्या रे र पुरुषले दाइजोको नाममा पैसा कमाउँदा दुलहा रे । वाह ! पुरूषवादी तिम्रो सोच !!! दाइजो कम भए जिउँदै जलाइन्छ, छोरी जन्मिए गर्भ मै त्वाईन्छ, पुरुष शोषित समाजमा नारीको अस्तित्व हराउँदा पनि यहाँ नारी पुरुष बराबर भन्दै ढोल पिटिन्छ। आ.. रे ! वाह ! हाम्रो समाज ! तिमीहरू खोक्रो पुरूषोत्ताको विज्ञापन गर्दै पुरुष रूपको देखावटी अस्त्र मात्रै हौ । पुरुष अहङ्कार माथि नारीले विजय प्राप्त गरेको इतिहासलाई कहिले नबिर्स ।

गङ्गा जस्तै पवित्र छु भन्दा भन्दै पनि अग्नि परीक्षा लिई शङ्का गर्ने पुरुष राम भन्दा कयौँ गुणा साहसी प्राण त्याग्ने नारी सीता नै हुन .. । म नारीमा हुनुमा गर्व गर्छु किन किन म श्रृष्टिको मिठो रचना हो , जसरी तिमीहरू पुरुष हुनुमा गर्व गर्छौ। एउटी नारी जन्मँदै पुरुषहरूको आकर्षणको केन्द्र बन्छे । समय सँगै हुर्कँदै , बलात्कारको सिकार बन्छे। पुरुषको खुसीको लागि नारीले बलिदान दिएका छन् । एक पटक होइन दुई पटक कयौँ पटक । शरीरको आकर्षणको मोहमा परेर पुरुषको इच्छालाई नकार्दा एसिडले शरीर जलाई दिन्छन् । के यही हो पुरुषको मर्दागिंनी ? तिमीले सोचेको थियौ होला, यदि यो केटी भर्जिन छैन भने बिहे गर्दिन भनेर ? तिमीले कहिले आफैलाई हेरेर प्रश्न गर्‍यौ , कि म भर्जिन छु कि छैन भनेर ? तिमी त विदेश बसेर आएको। शङ्का त मैले पो गर्नु पर्ने ? तर नडराऊ, म तिमी जस्तो घटिया सोच भएको सँग जीवनका रङ्गिन पानाहरू पल्टाउन सक्दिन । सोच्लाउ ! खुट्टा भए जुत्ता जति पनि पाइन्छ भनेन तर यो नबिर्स तिम्रो खुट्टामा भएको डरलाग्दो खटिरा रोग पनि छ भनेर । जहाँ उपचार गर्दा पनि सम्भव छैन ।

तिमीले भन्न खोजेको के ? रोग अनि मेरो खुट्टामा ?

“खुट्टामा मात्रा होइन तिम्रो दिमागमा पनि “।

मेरो बोली नसकिँदै भुईँ तलाबाट आवाज आयो।

“सकिएन तिमीहरूको कुरा “

आवाज मेरो बुबाको थियो। बिस्तारै तल झरे । मेरो पछि पछि उ पनि । पारिवारिक माहौल गफमा रङ्गिएको थियो। रातो साडी र सिउँदोमा रङ्गिएको रातै सिँदुरले आमाको मुहार पूर्ण रूपमा चम्केको थियो । म गएर आमाको छेउमा बसे । होइन, बस्न खोज्दै थिए । ऊ पनि गएर उसैको बाउको छेउमा कुममा कुम जोडेर खुट्टा खप्टेर बस्यो । हामी फेरी आमुन्ने सामुन्ने भयौ । म बस्न साथ आमा भित्र जानु भयो। सोचेको थियो होला, पैसा र रूपमा बिक्री हुन्छे भनेर । तर म सोचे भन्दा फरक निस्के । घमन्ड र इगो पनि कति यो मान्छेमा ? मनमै सोचे।

ऊ मौन र निःशब्द थियो । आँखा भुईँ तिर गाडिएका थिए । अनुहारको आकर्षण घटेर मुझा परेको बुढो झैँ देख्न थाले । नारीको त्याग र समर्पण बुझ्न पनि आँट र हिम्मत हुनु पर्छ । पुरुष भनेर आफूलाई गौरव ठानेर मसँग बिहेको भिख माग्न आएको रे ? उ भन्दा कयौँ गुणा राम्रो त्यो एक गरिब अनि बेरोजगार पुरुष हो, जसको क्षमता र योग्यतामा विश्वास गरेर विवाह गर्न राजी हुन्छु, त्यो पनि हाँसी हाँसी ।

अनि के भयो तिमीहरू कुरा ?

मेरा बुबाले मलाई सोधी रहदा, मेरो जवाफ सुन्या थियो तर पनि बोल्ने पर्थो । झसगं भए । बोल्न करै लाग्यो । उहाँलाई म होइन मेरो भर्जिननिटीसंग अविश्वास रहेछ । उहाँलाई त भर्जिन पो चाहिको रे ! म होइन ? छोरी मान्छेमा मात्रै खोजिने र चासोको विषय बनाई मजाक बनाउने छोराहरूमा चैँ किन खोजिन्न ? दुःख लाग्छ नारी जति नै शिक्षित र समूध्भधि भए पनि पुरुषहरूले हामी नारीलाई हेर्ने नजर भनेको शरीरको वनाउटी र रूप मात्रा हो । विवाह त एउटा बहाना मात्रा हो, विवाहको नाममा भर्जिन युवती खोज्ने पुरुषहरू नै कोठी कोठी धाउने गर्छन् ।

मेरो विश्वास हो सम्बन्धमा सर्त रहनुको र यसले जीवनलाई अर्थई दिएको हुन्छ । अझ भनौ जीवनको महत्त्वाकाङ्क्षी हुन्छ । सम्बन्ध उद्धार हुनु पर्छ आकाश जस्तै, के आकाशसँग बादलको कुनै सर्त हुन्छ र ? उनीहरू हावा सँग सँगै घुम्छन्…. बिना स्वार्थ !!। मैले यसो भनिरहँदा सबै टवाल्ल परे । सबैको नजर म तिरै केन्द्रित भयो । अहँ ! मलाई पटक्कै असजिलो महसुस भएन । केटाको बाउले टेबलको चिया सुरूप पिउँदै गर्दा म यो मान्छेसँग बिहे गर्दिन भनी दिए । गर्वका साथ । अहं ! पटक्कै गर्दिन । मेरो कुरा सकिन नपाउँदै, हाछ्यौ ! आवाज आयो । बाक्लो रौले भरिएको आँखी भुईँ कनाउँदै मेरो बुबालाई हेर्नु भयो । सायद चिया सर्किए छ । बुबा छक्क पर्नु भयो । टवाल्ल परेर मलाई टुलुलु हेरी मात्रा दिनु भयो । आमाले भित्रबाट फलफूल र बिस्कुटको थाली बोकेर आउनु भयो तर हातमै रह्यो । गफमा रङ्गिएको माहौल एकाएक शान्त र मौन भयो । आमा एकै ठाउँमा उभिएको उभिई हुनु भयो । ठिगं….। सायद मेरो कुरा सुन्नु भएछ । सबैले मुखा मुख गरे । मैले केटालाई एक पल्ट हेरी दिए, म जुरुक्क उठेर कोठामा गए ।

प्रतिक्रिया