अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३७ | Colorodo: 21:52

जातीय छुवाछुतको कारण देश छोड्न बाध्य चेली

अर्जुन बराल २०७५ माघ १० गते २३:०१ मा प्रकाशित

भन्छिन् म त्यही जन्मे तर अटाइन !

आज ठ्याक्कै यकिनका साथ भन्न नसकेपनि पत्रकारिता गर्छु भन्ने अठोटका साथ कदम बढाएको पनि आधा दशक भन्दा बढी भइसकेछ । यो समयमा सङ्घर्षरत मानवजातिसँग गसिप बनेका उनीहरूका मनभित्रका अन्र्तरंगलाई पानामा उतारेको पनि छु । कतिका दबिएका समस्यालाई उजागर गरेर हाइहाइ पाएको छु भने कसैकसैले मेरो डटेर लेखेका कलमका मसीहरूसँग जुध्न नसकेर जिन्दगी नै अन्त्य गरिदिन्छु भनेका पनि छन् जो साथी आज हामीसँगै छन् देखेमा आँखासम्म जुधाउन सक्दैनन् ।

संयोग म व्यक्ति विशेषमा कलम चलाउन पर्‍यो भने उसको केही समय भए पनि अध्ययन आफ्नै तरिकाले गर्दछु । जसले गर्दा पाठकले खोजेका कुराहरू पस्किन सक्छु कि मेरो ध्यान त्यसैमा हुन्छ । कसैले भने भन्दैमा त्यसलाई हुबहु आफ्नो लेखन कला बनाउन चाहन्न सायद म मा आफ्नै लिढेढिपी होला कि ?

एक हप्ता धेरै नै घोत्लीन बाध्य बनायो मलाई उनले कोरियामा गरेका महत्त्वपूर्ण काम जसले नेपाली र नेपाललाई चिनाउनको लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरिएका ती पथहरूलाई पछयाउँनको लागि । भर्खर ३२ वसन्त पार गरेकी ती चेली आज नेपालमा जन्मिएर त्यही स्नाकोत्तरसम्म अध्ययन गरी शिक्षण पेसालाई जबजस्ता लात हानी किन कोरियालाई कर्म घर बनाउन आइन ? उत्तर खोज्नु थियो अनि उनका सङ्घर्षरत जिन्दगीका पाठहरूले कोरियामा आत्महत्या गर्न तम्सिनेलाई ज्ञान अनि आत्महत्या गरेका आत्मलाई पश्चात्ताप हुने अपेक्षाका साथ म उनीसँग अन्तरवार्ताका लागि तम्तयार भएर आफ्ना प्रश्नको भारी उनीमाथि बजारी रहए ।

अहिले म उनको नाम लिएर उनको बारेमा सबैलाई चिनाउन चाहन्न जो गोप्यतामानै रहोस् यो उनको अनुरोध भनै या बाध्यता किनकि उनी भावुक हुँदै भन्दछिन् हिजोको त्यो घटनाक्रम कसैले सम्झाईदिएपनि मलाई असहज महसुस हुन्छ ।

छ वर्षसम्म प्रेम गरे मैले हुँ सँग निस्स्वार्थ भावका साथ । मेरो माइतीको थर परियार थियो मैले ढाँटिन । उ पनि मलाई जातीयताको नजरले हेर्दैनथ्यो मैले बारम्बार उसलाई सम्झाईरहन्थ्ये भोलि मेरो कारणबाट तिमी तिम्रो परिवार अनि समाजसँग जुध्न सक्दछौ भने मात्र मलाई स्वीकार गर नत्र नगर भनेर । अहँ उ म बिना बाँच्न सक्दिन भन्दथ्यो भने जस्तोसुकै समस्या सँग नि जुध्न तयार छु उसका कथन थिए । म स्नाकोत्तर अङ्ग्रेजी विषयमा गरेकी छु । उ पढाइमा म भन्दा अलि पछाडि थियो । जे भय पनि उ मेरो जिन्दगीको असली हिरो थियो । म उसलाई कहाँ छोड्न सक्थे र ? त्यै पनि म अवसर भने दिई रहन्थे कतै मेरो कारणबाट तिमीमा केही समस्या छ भने भन अहँ उ मान्न तयार थियन् । मैले यही समाजमा जिउन अझ सहज होस् भन्ने अभिप्रायले दुबै जना अष्ट्रेलीयजाने योजनासहित अघि बढाए । प्रक्रिया पुरा भए जाने पक्का भयो ।

उफ् छोड्दिनुस् आखिर सातसमुन्द्रपारि मैले कर्म घर बनाई छाड्या अब विगत खोतलेर के होला उनी भावुक भइन । मैले ढाडस दिँदै भने असहज के का लागि ? एकछिनको मौनतासँगै उनले भनिन् सबै प्रक्रिया पुरा गरेर अष्ट्रेलीयाा जाने समयमा उसलार्ई परिवारबाट दबाद आयो रे, मसँग जिन्दगी बिताउने योजना रहेमा घरपरिवारमा आमाले आत्महत्या गर्छु भन्नुभयो रे सरि तिमी र म मा जे थियो र जे भयो ती सबै भुलीदेउँ कति सजिलै भन्यो उसले ।

हुन त म मेरो रहरले परियार थरमा जन्मिएकी पनि होइन । मेरो शरीरको रगत रातो नभएको पनि होइन । आफूलाई उच्च जातको मान्नेहरूभन्दा पढाई कमिपनि थिएन। तर पनि मलाई छुवाछुत र जातियकारणले बनाइएको हीनताबोधले मैले सिकाउने शिक्षा पनि छुवाछुत होला भन्ठानेर शिक्षण पेसा त्याग, भौतारिय आफूलाई चोख्याउन्न तर मैले ढाँटिन । त्यै पनि मैले सकिन छुवाछुतको दुरी हटाउन । जसले गर्दा मलाई कोरिया ल्याईपुरयायो त्यो चोटले । म चाहन्छु केही गरु गरेको पनि छु सबैले भन्दछन् यहाँ नेपालकी छोरी मलाई गर्बपनि छ तर पश्चात्ताप म मा धेरै के छ भने त्यही भूमिमा छोरी बुहारी बन्ने सौभाग्य मिलेन मलाई अनि अटाउने ठाउँ दिएन समाजले ।

खोइ मैले केही सोध्नै सकिन मन पनि ढक्क फुल्यो । म छु हजुरको लागि अबका दिनमा यदि सहयोग चाहिएमा मैले गर्न सक्ने म गर्न तयार छु भन्नु सिबाय । तर म आफूलाई आफैबाट हीनताबोध भयो । कोठामा आय फेसबुकबाट उनको प्रोफाइल हेरे । म आफू उच्चजातको कहलीनेका तस्बिर भन्दा उनकै राम्रा थिए । म स्नातकसम्म अध्ययन गरेको छु उनी स्नाकोत्तर अध्ययन गरेकी छिन् । अहिले कोरियामा धेरै उनले गरेका सिर्जनात्मक कामको प्रशंसा हुन्छ । हाम्रो हुँदैन ।

झलझली सम्झिरहेको छु उनको सङ्घर्षको व्यथा ओकलेको अनुहारलाई । आखिर अवसर लिएर छाड्ने त्यो उच्च जातको दानवलाई भेट्न पाए हुन्थ्यो नि मनमा कता कता खुलदुली बढी रहेको छ । त्यो रातभरि निदाउँनपनि सकिन । हुन त मैले नेपाल गयको मौका पारि पोखरामा रहेको मेरो घरमा आउनको लागि निमन्त्रणा पठाएको छु । आज हरपल भाईबर खोलेर हेर्छु कतै उनैले त मेरो प्र्रस्ताबलाई स्वीकार गरेर त म्यासेज पठाइनन् । अनलाइन देख्छु तर प्रश्न गर्न सक्दिन ।

सम्बन्धित सामग्रीहरू