अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४३ | Colorodo: 08:58

दसैँ

कपिल सुबेदी २०७५ असोज २६ गते ११:४८ मा प्रकाशित

उष्णका उद्धिग्न दिन हटी ओभानो दिन बन्यो
घरबारी र आगन् सबै रङ्ग र फुलमा रम्यो
शरदको सवारीमा उमङ्गका गाजाबाजा
सँग भित्री दसैँ भन्छ आनन्द मात्र हो साझा

भृगंका पतंगका क्रीडा प्रगाढ प्रगीत
मारुतले उचालेका चराचुरुगींका गीत
असोजको आयाममा रमणीयता टन्न छ
अकिञ्चन वा निर्धन सबै मन प्रसन्न छ

आकाशको निलीमामा कस्तो अभूत उत्सव जम्यो
कृष्टिका बहार छगं छगं जति हेर्‍यो जति गम्यो
चाँदनीका निर्निमेष कान्ति निर्झर झरी
सयपत्री मखमलीलाई श्रृगारेका रानी सरी

पृष्ठको अगाधतामा आकाश गङ्गा सतत
ध्रुव तारा सप्तरिषि का नजारा मा रत
रीताको वरदान सुन्दर आवहवामा लौ उडी
दशहराका दिनहरूमा रमेको म लडीबुडी

दिएका पुर्खाहरूले परम्परा यो आनन्दी
हँसाउन टर्रो निरस जीवधन्दाको म बन्दी
हर हृदय अभ्यागत दिनको यो घडीको यो
शोकमा सन्तप्ततामा पनि खुसीले सन्तृप्त जो

लीलाको व्यापार क्रूर हेर के छ फाइदा हो
आनन्द भन्ने वस्तु सिर्फ हृदयले हेर्ने काइदा हो
बच्चा भई बन्द भई बुद्धिमा गहिराइमा
पीगं खेले ठट्टा गरे छ धीत तृप्तिको यहाँ

चाडका कृत्य सलील जियाई को अजीव कला
जीवन उत्खनन स्वयम् हो निहार्ने खुसीका पला
सम्बुद्धका संवेदना नि खोजै हो सत्यानन्दका
मर्त्यको अखिल धुन विलासको नूतनता
मर्त्यको अखिल धुन विलासको नूतनता

समाप्त