अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४२ | Colorodo: 05:57

प्रभात

कपिल सुबेदी २०७५ असोज २० गते ७:५२ मा प्रकाशित

सुहानी प्रभात शीतल गह
आकाश नीलो सौम्य दह
रुचिर किरण उघ्रेको पूर्व
नजारा अतुल्य क्या अपूर्व

रङ्गका अनन्य ताना मिश्रण
भू तलको तीरमा आभूषण
उठी बिहान मुहूर्त शुभ
चिहाउ दुनियाँ एक छिन डुब

रम्यमा टहल्ने हृदय विभाग
आनन्दै आनन्द नशाको माग
टक्र्याउन तिमीलाई खटेको यस्तो
भव्यता तिमी हौ हेर कस्तो

अधीर, चञ्चल पवनको चाल
धर्तीको अटल स्थावर हाल
दौडिने यिन्मा जीवन बगाल
कस्तो छ मिलेको हेर यो ताल

नभमा सुरजको विचरण
पातमा खसेको उसको किरण
दुनियै सरोवर तिम्रा खातिर
त्रिप्ति को पानी प्रेमको तीर

सुप्रिय साँझ शीतल ओझेल
कलरव, पक्षी, पतग, खेल
रोहित क्षितिज सुवास पन
खातिर तिम्रो आनन्द मन
गमी कृतार्थ सम्पन्न बन
गमी कृतार्थ सम्पन्न बन