अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०३ | Colorodo: 20:18

अरोरा दसैँ तिहार शुभकामना साँझ २०१८ आयोजना हुँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ असोज ९ गते १४:४८ मा प्रकाशित

नेपाली रेसिडेन्ट अफ अरोराले यस वर्षको दसैँ तिहारलाई रमाइलो बनाउन अरोरा दसैँ तिहार शुभकामना साँझ २०१८ आयोजना गर्ने भएको छ ।

आगामी अक्टोबर १४ तारिख आइतबारको दिन डेनभरको याक एन्ड यती रेस्टुरेन्टमा साँझ ५ देखि १० बजे सम्म कार्यक्रम आयोजना हुनेछ । कोलोराडोमा रहेका नेपालीलाई मनोरञ्जन दिलाउने र दसैँ तिहारको शुभकामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको लागि सम्झना पाण्डे, दीपक गौतम, इसा कार्कीको गीत प्रस्तुत रहने छ भने प्रज्ञा गहतराज, ज्योति सुनुवार तथा अन्य साना साना भाइ बहिनीहरूको नृत्य रहने छ । कार्यक्रमको सञ्चालन प्रतिमा सापकोटाले गर्नेछिन् । कार्यक्रमको लागी ११ डलर प्रवेश शुल्क राखिएको छ जसमा डिनर पनि समावेश गरिएको छ । ५ वर्ष देखी १० वर्षका केटाकेटीहरूको लागि ५ डलर ५० सेन्ट्स प्रवेश शुल्क र ५ वर्ष मुनिलाई शुल्क नलाग्ने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बिभिन किसिमको डोर प्राइजको पनि व्यवस्था पनि गरिएको छ । उक्त डोर प्राइजको स्पन्सर अरोरा हिमालयन लायन्स क्लब, टेमरिन इन्डियन कुजिन २-अरोरा, एनआरएन हेल्प डेस्क कोलोराडो, नेपाली गहना पसल-अरोरा र श्याम तथा सुनिता पन्त (अरोरा) ले गरेका छन् ।  कार्यक्रमको प्रत्यक्ष प्रसारण बिआरटी नेपालले गर्नेछ । कार्यक्रमको स्पन्सर गर्न चाहनु हुन्छ भने कपिल सुवेदी (720 324 6004) सँग सम्पर्क गर्न पनि सकिनेछ । 

प्रतिक्रिया