अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५४ | Colorodo: 10:09

जस्टिन बीबरले न्युयोर्कमा गुपचुप बिहे गरे

बिआरटीनेपाल २०७५ भदौ ३० गते १५:०० मा प्रकाशित

न्यु योर्क, हलिउडका गायक जस्टिन बीबरले न्युयोर्कमा सुटुक्क बिहे गरेको खबर बाहिर आएको छ । रिपोर्ट्सका अनुसार जस्टिन बीबरले अमेरिकी मोडल तथा आफ्नी प्रेमिका हेली बाल्डविनसँग विवाह गरेका छन् । पछिल्लो दिनमा जस्टिनले नै बाल्डविनलाई प्रपोज गरेका थिए । त्यसपछि उनीहरूको प्रेम सम्बन्ध विवाहमा परिणत भयो ।

पिपुल म्यागेजिन अनुसार उनीहरू म्यारिज लाइसेन्स कोर्ट हाउस अगाडि देखिएका थिए । यसैबिच उनीहरूले बिहे गरिसकेको बताइएको छ । रिपोर्टका अनुसार उनीहरू विवाह दर्ता गर्न त्यहाँ गएका थिए । तर, उनीहरूले विवाह गरिसकेको भन्ने आधिकारिक पुष्टि भने अझै भइसकेको छैन । फोटो: गुगल

प्रतिक्रिया