अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:४७ | Colorodo: 07:02

प्रदीपको ‘अनिता ’ सार्वजनिक

शिव विष्ट, नर्थ क्यारोलिना २०७५ साउन १५ गते १०:५६ मा प्रकाशित

अमेरिकाको फ्लोरिडा राज्यमा बस्दै आएका गायक प्रदीप घिमिरेले ‘अनिता ‘ नामक ‘म्युजिक भिडियो आज सार्वजनिक गरेका छन् । नेपाली आधुनिक तथा पप गीत सङ्गीतलाई विश्वव्यापी रूपमा पहिचान गराउन हालसालै मात्र स्थापित अग्नि बैण्डका मुख्य गायक घिमिरेले आफ्नो दोस्रो कोसेली स्वरूप नेपाली सङ्गीत प्रेमी दर्शक/श्रोतासामू सो म्युजिक भिडियो प्रस्तुत गरेका हुन् ।

आफ्नै जीवन सङ्गिनी अनिताको माया, प्रेम र गुनासाहरूलाई उनले साङ्गीतिक शब्दमा वर्णन गरेका छन् । “माया अनि झगडा कति कति ….., हाम्रो सम्बन्धको रीत छ यस्तै यस्तै ….” गीतको भिडियोमा नेपाली साङ्गीतिक आकाशका लोकप्रिय गायक हिमाल सागर र सिमोना सुबेदी फिचरिङ गरिएको छ । सीमा भुर्तेल , सुसन कोइराला , सञ्जय तामांग र अमिर मगरको समेत अभिनय रहेको सो म्युजिक भिडियोको कोरियोग्राफी सञ्जय तामांगले गरेका छन् भने गीतको छायाङ्कन चक्र महर्जन र रमेश पौड्याल (अमेरिका) ले गरेका छन् ।

काठमाडौँ, ललितपुर र अमेरिकामा छायाङ्कन गरिएको सो गीतको रचना साहित्यकार तथा गीतकार डा.अनुप श्रीवास्तवले गरेका हुन् भने सङ्गीत र निर्देशन राहुल प्रधानले गरेका छन् । बिजेश पौड्यालको सम्पादन रहेको सो म्युजिक भिडियो गायक घिमिरेले आफ्नै युटुब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । एउटा मायालु जोडीको वास्तविक जीवन कहानीलाई चित्रण गरेको सो म्युजिक भिडियोले सबैको मन छुने कुरामा प्रस्तुतकर्ता अनिता घिमिरे र गायक प्रदीप घिमिरे आशावादी छन् । 

प्रतिक्रिया