अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४० | Colorodo: 17:55

गायिका लक्ष्मीको तीज गीत: ‘म भन्दा सबै मोटा मोटा छन्’

कुबेर गिरी, काठमाडौँ २०७५ साउन ३ गते ७:१३ मा प्रकाशित

तीज आउँ न अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकाले तीजका लागि बनाएको गीत सङ्गीतले बजार तात्न थालिसकेका छन् ।

यस्तैमा प्रत्येक वर्ष फरक फरक खालका तीज गीत सार्वजनिक गर्दै आएकी गायिका लक्ष्मी आचार्यले यो वर्ष ‘म भन्दा सबै मोटा मोटा छन्’ बोलको नयाँ गीत ल्याएकी छन् । दोहोरी शैलीमा ल्याइएको यो गीतमा उनलाई खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । श्रीमानले श्रीमतीको र श्रीमतीले श्रीमानको गुनासो गरेको शब्द गीतमा सुन्न सकिन्छ ।

विष्णु न्यौपानेको शब्द र सुमन अधिकारीको लय रहेको गीतको आकर्षक भिडियो समेत बनाइएको छ । भिडियोमा गायिका लक्ष्मीको साथमा यादव देवकोटा ‘सरापे’को अभिनय देख्न सकिन्छ । कमेडी शैलीमा तयार भएको भिडियो राम्रो बनेको छ । भिडियो दर्शकको रोजाइमा पर्ने गायिका लक्ष्मीले बताइन् ।

साइभिजन प्रा.लीबाट निर्माण भएको भिडियो निर्देशन भट्टले निर्देशन गरेका हुन् ।