अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:५४ | Colorodo: 17:09

मिस एसईई युनिभर्सल २०१८ र मिस्टर एण्ड मिस एसईई ग्ल्याम २०१८ दुई सौदर्य प्रतियोगिता हुँदै

कुबेर गिरी, काठमाडौँ २०७५ जेठ ९ गते १०:२० मा प्रकाशित

एउटै स्टेजमा एकसाथ तीन विजेता छानिने भएको छ । ‘मिस एसईई युनिभर्सल २०१८’ र ‘मिस्टर एण्ड मिस एसईई ग्ल्याम २०१८’नाम दुई सौदर्य प्रतियोगिता एकसाथ आयोजना हुँदैछ । जसमा फरक फरक तीन विजेता छानिने छन् । 

आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले आगामी १ असारमा एकसाथ यी दुवै प्रतियोगिता आयोजना गर्न लागेको हो । राष्ट्रिय नाचघरमा जमलमा सम्पन हुने दुवै प्रतियोगिताको सहभागीहरू अहिले प्रशिक्षणमा छन् । प्रतियोगीको केही दिन अघि देखि नयाँ बानेश्वर स्थित होटेल रानी महल प्रशिक्षण चलिरहेको छ ।

व्यक्तित्व विकास, लिडरसिप, आर्ट क्लास, टुर, अनाथालय भिजिट, कलेज भिजिट, ब्रिजकोर्ष, टेबुल म्यानर लगायतको विषयमा उपयोगी र क्षमता मूलक प्रशिक्षण प्रतियोगीलाई दिइने आयोजक गल्याम वल्र्ड इन्टरटेनमेन्टका आशिष् मिश्रले बताए ।

मिस्टर एण्ड मिस एसईई ग्ल्याममा युवा तर्फ विशाल तामाङ, राहुल चन्द, राम ढुङ्गाना, सागर चौधरी, रिकेश घिमिरे, विशाल दोङ, दिजन भट्टराई, दीपक तामाङ, ओजश्विराज थापा, राकेश खुइन्जु, संञ्जय तामाङ रहेका छन्, भने युवतीतर्फ समीक्षा मिजार, इञ्ची शेर्पा, श्रद्धा सुवेदी, सस्मित श्रेष्ठ, रोशनी कट्वाल, प्रज्ञा सेन्चुरी, नेहा जोशी, सन्ध्या अर्याल, कशिष घले, सविना बुढाथोकी, श्रद्धा केसी, प्रन्जली खड्का, सलिना श्रेष्ठ, अकेशा केसी, दिनिशा तामाङ लगायत रहेका छन् ।

त्यस्तै मिस एसईई युनिभर्सल तर्फ क्रितिसा सुवेदी, अलिशा ढकाल, अनुपमा अधिकारी, नम्रता सापकोटा, मोनिका श्रेष्ठ, आशिका पन्थी, प्रनिसा राय, शुभेच्छा खड्का, स्मृति श्रेष्ठ, चाहना लामा, मन्दिपा मगर, स्वर्निम केसी, बिमला लम्साल, अनुजा खनाल, अनिशा विश्वकर्मा रहेका छन् । 

अश्विनी झाको कोरियोग्राफी रहने प्रतियोगिताको सबै विजेताले अध्ययन छात्रबृती, विभिन्न गिफ्ट र मोडलिङ तथा अभिनय अवसर पुरस्कारको रूपमा प्राप्त गर्ने कार्यक्रम संयोजक आकाश गिरीले जानकारी दिए ।