अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५७ | Colorodo: 14:12

मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिए

कुबेर गिरी, काठमाडौँ २०७५ साउन २० गते ९:३८ मा प्रकाशित

काठमाडौँ – ‘मोडल हन्ट नेपाल २०१८’का लागि ५० प्रतियोगी छानिएका छन् । शनिवार राजधानीको सोल्टी क्राउन प्लाजामा आयोजित छनौट चरणको अडिसबाट २५ युवा र २५ युवती अन्तिम चरणको अडिसनका लागि छानिएका हुन् । अडिसनमा २ सय बढी युवायुवतीको सहभागिता रहेको थियो । अभिनेता कोरियोग्राफर प्रशान्त ताम्राकार, फोटोग्राफर राजभाइ सुवाल, अभिनेत्री, मोडल सृजना रेग्मी, कोरियोग्राफर रोजिन शाक्य, गतबर्षको उपाधि विजेता विक्रम आदित्य महासेठ, फस्ट रनरअप सिम्रन खड्का लगायत छनौट चरणको निर्णायक रहेका थिए ।

युवायुवतीको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गरी अन्तराष्ट्रियस्तरको मोडल बन्न प्रतियोगिता लाभदायक हुने नेक्स्ट मोडल्स नेपालकी कार्यकारी निर्देशक यातना पाण्डेले बताइन् ।

अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई रर्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटो सेसन, स्टेज प्रस्तुति पब्लिक स्पिकिङलगायत विषयमा इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्यको, पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बा, चर्चित फोटोग्राफर राजभाई सुवाल, नेपालका पहिलो अन्तर्राष्ट्रिय मोडल तथा अभिनेता प्रशान्त ताम्राकार, बैंकर अनिल केसरी शाह लगायतले प्रशिक्षण दिने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए ।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरूको ब्यवसाहिक करियर निर्माणमा महत्त्वपूर्ण योगदान पुराउने उदेश्यले विगत ४ वर्षदेखि नियमित आयोजना हुँदै आएको प्रतियोगिताको काठमाडौँ पछि पोखरा, नारायघाट, बुटवल, धरान, चितवन हुँदै पुन काठमाडौँमा अडिसन सकिनेछ ।

प्रतियोगिताका लागि सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम स्पर्धाका लागि छानिने अध्यक्ष धमलाले जानकारी दिए । उनले भने ‘पहिलो चरणबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिमस्पर्धाका लागि प्रशिक्षण दिइनेछ ।’

भदौको अन्तिम साता सोल्टी क्राउन प्लाजामा अन्मिस्पर्धा आयोजना हुने चर्चित फेसन डिजाइनर र नयाँ डिजाइनलाई पनि अवसर प्रधान गरिने यो मोडलिङ सम्बन्धी एक मात्र उत्कृष्ट प्रतियोगिता हो । यसको शीर्ष विजेताले नगद १ लाख र उत्कृष्ट तीन भित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्रान्ड मोडल अवार्ड’मा सहभागीको साथै आइसी कलेज अफ आर्ट एण्ड फेसनको गुलविल एम्बसडर बन्ने अवसर प्राप्त गर्नेछन् ।

प्रतियोगिताको पुरुष विजेताले चीनमा आयोजना हुने ‘मिस्टर ओसिएन’ र महिला विजेताले भारतमा आयोजना हुने ‘सुपर मोडल ग्लोबल’का साथै नेपालमा आयोजना हुने विभिन्न फेसन सोमा समेत सहभागीको अवसरका साथै विभिन्न ब्राण्डको एम्बेसडर बन्ने अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।