अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२९ | Colorodo: 03:44

बालकलाकारले गाए रुवाउने गीत

कुबेर गिरी, काठमाडौँ २०७५ असार ८ गते ११:११ मा प्रकाशित

गीतकार केशव विश्वकर्माको मार्मिक गीत ‘धन हुनेलाई मन नहुने, मन हुनेको धन’ सार्वजनिक गरिएको छ । आशावादी र यथार्थवाद शैलीको यो गीत भिडियो सहित सार्वजनिक गरिएको हो ।

गीतमा गायक र सङ्गीतकार प्रदीप लामाको सङ्गीत छ, भने सङ्गीत संयोजन पुष्कर सुनुवारले गरेका छन् । शुरशाला आइडल बाल गायक यायुश केसी र गायिका जिग्मी शेर्पाले यसमा स्वर दिएका छन् ।

गीतको निकै आकर्षक भिडियो बनाइएको छ । गीतकार विश्वकर्मा आफैले निर्देशन गरेको भिडियोमा वरिष्ठ कलाकार रामचन्द्र अधिकारी (गोक्ते काजी) र बाल कलाकार जेनिशा बुढा मगरको मार्मिक अभिनय देख्न सकिन्छ । यी कलाकारको साथमा पुष्कर सुनुवार, मोडेल एलिशा बजगाईं, शिसम न्यौपाने, सुवास तिमल्सिना लगायतको समेत अभिनय भिडियोमा समेटिएको छ ।

मुकेश हुमागाईको छायाङ्कन, मोहन सुनुवारको सम्पादन रहेको भिडियो मेलोडी नेपाल प्रोडक्सनले बजारमा ल्याएको हो । आफूले देखेको सत्य घटनालाई आधार बनाएर केही वर्ष अगाडी लेखेको गीत अहिले समय सान्दर्भिक देखेर सार्वजनिक गरेको गीतकार केशवले बताए ।