अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१२ | Colorodo: 01:27

मिस टिन युनिभर्सल २०१८’को शीर्ष उपाधि स्वस्तिकालाई

कुबेर गिरी, काठमाडौँ २०७५ साउन १ गते ८:४१ मा प्रकाशित

काठमाडौँ – मिस टिन युनिभर्सल २०१८ को शीर्ष उपाधि स्वस्तिका कार्कीले जितेकी छन् । कार्की प्रतियोगितामा मिस क्याटवाक र मष्टगर्जियस उपाधिका साथमा शीर्ष विजेता बन्न सफल भएकी हुन् । उनले विभिन्न अवसर र गिफ्ट पुरस्कारको रूपमा प्राप्त गरिन् ।

राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित प्रतियोगितामा अप्सना दाहाल फष्टरनर अफ र स्प्रिना लामा सेकेन्ड रनरअप घोषित भए । दाहालले बेष्ट डान्स र मस्त फ्रेण्डी उपाधि हातपर्दा लामा मिस ट्यालेन्ट र बेष्ट स्पिच विजेता बनिन् । कार्यक्रममा मोनालिसा थापा मगरले मष्ट पपुलर, मष्ट फिटनेश र फेसबुक च्वाइस गरेर तीन उपाधि हात पारिन् ।

ग्ल्याम वल्र्ड इन्टरटेन्टमेन्ट प्रालीका लागि आशिष् मिश्र आयोजक रहेको प्रतियोगितामा करिब आधा दर्जन उपबिजेता छानिएका थिए । जसमा नमुना दाहाल सोसियल रेस्पोनसिवल, प्रन्जल अर्याल भियुर च्वाइस र बेष्ट पर्सनालिटी, वर्षा श्रेष्ठ बेष्ट स्माइल र बेष्ट हेयर, नीलिमा पोखरेल बेष्ट स्क्रिन, अनिसा मोक्तान बेष्ट डिसिप्लेन, एमा लिम्बु फेसन आइकन चुनिएका थिए ।

अश्विनी कान्त झा कोरियोग्राफर र आकाश गिरी कार्यक्रम संयोजक रहेको प्रतियोगितामा गायक सिताराम पोखरेल, डा. राज्यश्री श्रेष्ठ, मिसेस् नेपाल ग्ल्याम विजेता अलाइजा महर्जन, अभिनेत्री रेजिना उप्रेती, डा. सुमित्रा अर्याल, निर्देशक राजु केसी लगायत निर्णायक रहेका थिए ।

युवतीहरूको प्रतिधा निखार्दै उनीहरूको उज्वल भविष्य निर्माण गर्न मार्ग निर्देशन गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक आकाश गिरीले जानकारी दिए ।