अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

नेपाली पाठशाला अफ भर्जिनियाको तेस्रो वार्षिक उत्सव सम्पन्न

विजय थापा २०७५ वैशाख २७ गते १०:५८ मा प्रकाशित

गत मे ६ तारिख आइतबारका दिन अमेरिकाको भर्जिनिया राज्यको सेन्टर भिल सहरमा स्थापित नेपाली पाठशाला अफ भर्जिनियाको तेस्रो वार्षिक उत्सव भव्यताको साथ सम्पन्न भएको छ ।

डिसी महानगर क्षेत्रमा नेपाली समुदायको बढ्दो जन घनत्वसंगै बालबालिकाहरूको सङ्ख्यामा पनि वृद्धि भएको अवस्थामा उनीहरूलाई नेपाली भाषा सिकाउने उद्धेश्यले नेपाली पाठशाला अफ भर्जिनियाको स्थापना गरिएको हो ।

तेस्रो वार्षिक उत्सव विगत वर्ष भन्दा ज्यादै नेपाली समुदायको सहभागिता ज्यादै रहेको थियो । औपचारिक कार्यक्रमको साथै त्यही अध्ययनरत विद्यार्थीहरूद्वारा विभिन्न प्रस्तुति गरेका थिए ।

उनीहरूले विभिन्न जातजातीका पहिरन समेत लगाई नेपालको झझल्को गराएका थिए । कार्यक्रम अमेरिका तथा नेपालको राष्ट्रिय गीतबाट सुरु गरिएको थियो । कार्यक्रममा पाठशालाका प्रधानाचार्य विष्णु खरेलले स्वागत मन्तव्य राखेका थिए भने शुभकामना गीत प्रिशा श्रेष्ठले गाएकी थिइन् ।

यसै गरी हिमालमा हिऊ नामक गीतमा रेभा, अशिता, इशानी शाक्य, इशानी छेत्री, मेल्भिना, अन्सुया, ईभा, सेयोना, प्रलिषा, स्नेहा, ब्रायन, सपना, आर्यभ लगायत अन्य विद्यार्थीहरूले नृत्य गरेका थिए भने उक्त नृत्यको नृत्य निर्देशन बिना खड्कालामाले गरेकी थिइन् ।

यसै गरी हामी धेरै साना छौ गीतमा केसीका, समीस्टा, विद्या महेंदु तथा प्रसिद्धिले गीत प्रस्तुत गरेका थिए । यसै गरी अल खरायो कक्षाका विद्यार्थीले कुखुरीका, तथा कछुवा कक्षका बिधार्थीले ए को अनार खाउलामा प्रस्तुति गरेका थिए ।

यसै गरी विद्यार्थीहरूले माथि माथि सैलुंगेमा नृत्य गरेका थिए भने अभिभावकको तर्फबाट आशिष् खनालले, विद्यार्थीको तर्फबाट अशिता खनाल तथा स्वाति छेत्रीले भाषण गरेका थिए ।

कार्यक्रममा सिंह र खरायोको नाटक पनि प्रस्तुत गरिएको थियो भने राता निला नृत्यमा सामूहिक गरिएको थियो । यसै गरी मै छोरी सुन्दरी गीतमा आन्या, मानभी, सुभी, सदिक्षा तथा नित्याले सामूहिक नृत्य गरेका थिए । रेसम फिरिरो गीतमा सारङ्गी प्रस्तुति मानभि रिमालले बेजोड प्रस्तुति गरेका थिए ।

माइती घर नृत्यमा पनि सामूहिक प्रस्तुति गरिएको थियो भने नृत्य गर्नेहरुमा मानभी रिमाल, अनुष्का तथा निष्ठाले गरेका थिए । पाठशालाको भाषा, संस्कृति, कला र परम्परा आदिको बारेमा चन्द्र लामाले बोलेका थिए भने पाठशालाको बजेट सम्बन्धी राजेश रिमालले प्रस्तुत गरेका थिए ।

कलिलो तामालाई गीतको नृत्य सामूहिक प्रस्तुति रहेको थियो भने यसलाई पनि बिना लामा खड्काले गरेकी थिइन् । बिना लामा खड्काले आधा दर्जन नृत्यको निर्देशन गरेकी थिइन् । उक्त कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदूतावास का आर्थिक सल्लाहकार कैलाश राज पोखरेलले प्रमाण पत्र वितरण गर्नुको साथै मन्तव्य राखेका थिए । 

कार्यक्रममा कृष्ण पराजुलीले शिक्षकको तर्फबाट तथा साहित्यकार कृष्ण धरावासीले मन्तव्य राखेका थिए । आमा समूहको तर्फबाट चरी जस्तो उड्न पाए गगनको तल तिर गीतमा सबिना श्रेष्ठ, मरिना खरेल, काजोल थापा, अर्चना लामा, सुम्निना दाहाल तथा बन्दना गौतमले नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन तथा समापन पाठशालाकी संस्थापक बिना लामाखड्काले गरेकी थिइन् ।

प्रतिक्रिया