अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:३७ | Colorodo: 15:52

सांसदले व्यापार – व्यवसाय गर्न नपाउने

नागरिक दैनिक २०७५ वैशाख १३ गते २०:४७ मा प्रकाशित

सांसदहरूले पदभार ग्रहण गरे पछि कुनै व्यापार,व्यावसाय गर्न नपाउने, तलब पाउने गरी अन्यत्र व्यावसायिक काम गर्न नपाउने,छोरा श्रीमतीले लिएको उपहार समेत सार्वजनिक गर्नु पर्ने जस्ता नीति  बनाउँदै सरकारले राष्ट्रिय सदाचार नीति ल्याउने तयारी गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सदाचार नीतिको मस्यौदा तयार गरेको  छ।सो मस्यौदा माथि  प्रधानमन्त्रीको कार्यालयले एक दुई दिनमै सरोकारवाला पक्षसँग छलफल गर्ने तयारी गरेको छ। छलफल पछि सदाचार नीति लागु गर्ने सरकारले तयारी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलययले जनाएको छ।

मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यालयका सचिव केदार अधिकारीले केही दिनमै सदारचार नीतिमाथि सरोकारवालासंग प्रधानमन्त्रीको कार्यालयले छलफल सुरु गर्ने बताए। उनले भने, ‘छलफल सकिए पछि सदाचार नीति लागु हुन्छ। यसको तयारी भइरहेको छ।

सम्बन्धित सामग्रीहरू