अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५७ | Colorodo: 10:12

वासिङ्टन डिसीमा वर्ल्ड नेवा: डे सम्पन्न

खेम भट्टचन, वासिङ्टन डिसी २०७४ चैत १८ गते ९:२३ मा प्रकाशित

काठमाडौँको बानेस्वोरमा नेवा: समुदायको शान्तिपूर्ण प्रदर्शनमा गरिएको अमानवियपूर्ण प्रहरी दमनको भ्रत्सना गर्दै अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिश्वो नेवा: दिवस “वर्ल्ड नेवा: डे” मनाइएको समाचार छ । अमेरिकामा सक्रिय संस्थाहरू नेपा पासा: पुच अमेरिकाये NPPA र नेवा: अर्गनाईजेसन अफ अमेरिका NOA को संयुक्त आयोजनामा अमेरिकामा पहिलोपटक बिश्वो नेवा: दिवस ” वर्ल्ड नेवा: डे ” मनाइएको हो ।

अमेरिकामा नेवा: समुदायका वरिष्ठ ब्यक्तित्वो राम मालाकारले उपस्थित सबैलाई निधारमा टिका लगाई दिएर नेपाल देखी नै ल्याइएको धिमे बाजा बजाउँदै परिक्रमा गरेपछि आयोजित सभामा सबै वक्ताहरूले काठमाडौँको बानेस्वोरमा नेवा: समुदायको शान्तिपूर्ण प्रदर्शनमा गरिएको अमानवियपूर्ण प्रहरी दमनको भ्रत्सना गरे ।

नेवा: समुदायको अन्तर्राष्ट्रिय सङ्गठन वर्ल्ड नेवा: अर्गनाइजेसनका केन्द्रीय कोषाध्यक्ष जयभुँ रन्जीत, पासा पूच: NPPA की निबर्तमान अध्यक्ष तथा वर्ल्ड नेवा: अर्गनाइजेसन USA की सरोजा प्रजापति, नेवा: अर्गनाईजेसन अफ अमेरिका NOA का कार्यवाहक अध्यक्ष पुष्कर प्रजापति, नेपा पासा: पुच अमेरिकाये NPPA का अध्यक्ष राजु जोशी, अमेरिकामा नेपाली ईन्जीनियर्स तथा नेपाली वैज्ञानिक हरूको संस्थाका मङ्गल महर्जन लगायतका वक्ताहरूले सडक बिस्तारको नाममा जग्गा अधिग्रहण र नेवा: समुदायको घर भत्काउने काम गर्दा प्राचीन काल देखिको नेवा:संस्कृति नै लोप हुने कुरा बताउँदै नेपाल सरकारले गरेको प्रहरी दमनको विरोध गरे ।

कार्यक्रमको दोस्रो चरणमा नेवा पदाधिकारीहरू सुशील लाल श्रेष्ठ, महिन्द्र प्रधान, दिवाकर धौमडेल, यज्ञमान शाक्य, राजु जोशी, डा. रोशन श्रेष्ठ लगायत नेवा कलाकारहरूको साङ्गीतिक रम् झम् मा ” पासा ब्याण्ड ” को आकर्षक साङ्गीतिक प्रस्तुति भएको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । तन्दुरी नाइट रेस्टुरेन्टको स्वादिष्ट दिवाभोज खुवाईएको थियो ।

प्रतिक्रिया