अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

अमेरिकामा नेपाली वकिलहरूबाटै ठगिन्छन, नेपालीहरू ?

ध्रुव कुँवर, क्यालिफोर्निया २०७४ चैत १४ गते १४:३१ मा प्रकाशित

अमेरिका स्वभावले आप्रबासीहरुको मुलुक भनेर चिनिन्छ र हो पनि नेपाल लगायत विश्वका अन्य देशबाट आउने र यो देशको कानुन अनुसार आप्रबासीको रूपमा स्थाई बसोबास गर्नका लागि निवेदन दिने प्रक्रिया हुन्छ । तर यसका लागि कानुन विद् हुनुपर्छ भन्ने छैन आफैले प्रक्रिया पुर्‍याएर गर्दा पनि हुन्छ तर नेपालीहरू प्राय भाषिक समस्या हो वा अन्य उनीहरूले कानुन विद्को वा केही जानेकाहरुको सहारा लिन जान्छन र त्यो कुरामा नेपालीहरूको पहिलो रोजाई भनेको नेपाली हुने गरेको छ । किनकि भाषागत अड्चन फुकाउ हुन्छ भन्ने उद्देश्यले जब त्यो नेपाली त्यो ढोकामा पुग्छ त्यसपछि उसको साढे सात सुरु भयो भन्ने जाने हुन्छ म भने त्यो साढे सातमा परिन धन्न तर कथा भने मैले धेरैका सुनेको छु ।

प्रसङ्ग यसरी सुरु गरौँ म विगत लामो समय देखि (क्यालिफोर्निया, सानफ्रान्सिस्को अमेरिकाको सुन्दर सहरहरू मध्येको एक मानिन्छ) मा बस्ने गर्छु र आप्रबासीहरुलाइ बढी उदार वादी नीति अपनाउने स्टेट मध्ये लगभग पहिलोमा पर्दछ । चिनजान नाता गोताको कारणले गर्दा मसँग सम्पर्कमा रहने र मलाई विश्वास गर्ने आफन्त साथीभाइ केही मद्दत माग्ने गर्नुहुन्छ र मैले सकेको गर्छु पनि विभिन्न भिसामा वा अन्य तरिकाबाट यहाँ आएर बसोबास गर्ने र यहीको बासिन्दा बन्ने चाहना अनुरूप असाइलम गर्नेहरुको सङ्ख्या उल्लेख्य छ यहाँ यसका प्रक्रियाको बारेमा नजानेकालाई जानकारी दिनु सबै नेपालीको कर्तव्य ठान्दछु म र धेरै साथीहरूलाई सकेको मद्दत पनि गरेको छु त्यो पनि फ्रीमा र सकेमा आफैले आफ्नो र उनीहरूसँग हिँड्दा यता उता गर्दा लाग्ने खर्च आफै गर्ने गरेको छु ।

कर्तव्य निभाउने क्रममा मेरा धेरै तिता अनुभवहरू छन् मसँग विशेष गरी कानुन विदहरुसंग तर यो लेख लेखिरहँदा यो लेख कुनै पनि अन्लाईनहरुले छाप्दैनन कि भन्ने डर छ मलाई किनकि अमेरिकी अन्लाईन मिडियामा सबै भन्दा बढी विज्ञापन दिने यिनै कानुन विदहरु छन् यिनको ब्यपार फस्टाउदो छ र सबैभन्दा अन्लाईनलाई पैसा नतिर्ने पनि यिनै छन् त्यो पैसा उठ्दैन कि भन्ने डरले यो लेख गर्भ मै तुहिन्छ कि भन्ने डर छ मलाई ।

प्रसङ्ग बदलौँ सबैभन्दा पहिले त सामान्य नेपालीलाई राम्रो कानुन विदसंग पुग्नै धौ धौ छ किनकि उ सधैँ बेस्त भएको नाटक गर्छन् उनका आसेपासे त बेस्त छु पछि कुरा गरौला भन्छन् तर ताती बेला जति बेला सम्म तपाईँले पैसा बुझाई सकेको हुनुहुन्छ नत्र पैसा कहिले डिपोजिट गर्नु हुन्छ ढिलो भैसक्यो भन्दै बारम्बार फोन गरेर हैरानी बनाउछन पैसा दियो तेस्पछि बेस्त छु भन्दै नाटक गर्छन् र कलको जवाफ पनि फर्काउदैनन । जब पैसाको बिटो हात पर्छ त्यसपछि उसको अर्को कथा सुरु हुन्छ सामान्यतया कुनै पनि काम गर्नु भन्दा पहिले कामको दाम तय गरिन्छ र त्यो पैसा भन्दा एक पैसा पनि तलमाथि गर्दैनन् अमेरिकी अन्य वर्णका कानुन बिधहरु तर त्यो कुरा नेपाली कानुन बिदहरुमा लागु हुँदैन उनीहरूले जति सक्दो चुसन तपाइको पैसा आफूले नभए आफ्ना आसे पासे लगाएर भए पनि निकाल्छन यहाँ सम्मकी अमेरिकी जेलमा नपाली बर्सौँ सम्म अड्किएको हुन्छ उसलाई पत्तो हुँदैन फोन गरेर बारम्बार ताकेता गर्‍यो मलाई थाहा भएन मलाई कसैले जानकारी गराएनन् भन्छ उसको कोर्ट डेट जुन ७ गते हो उसलाई ८ गते मात्र थाहा हुन्छ ।

उसको ७ गते हो भनेर तेस्पछि नेपालमा कुरिरहेका हुन्छन् परिवारले कति बेला छोरो वा छोरी निस्कन्छ र पैसा कति लाग्यो भनेर त्यो बिचमा त्यो सहयोग गर्नेसँग सम्पर्क हुन्छ उसले हुँदैछ भन्ने जवाफ दिन्छ हतार हतार गर्दै उसले वकिललाई फोन गर्छ फोन उठ्दैन उता जेल (जेल भन्नाले यो जेल होइन यसलाई सुरक्षा घेरा भन्ने बुझ्नु पर्छ पाठकले) भित्रबाट वकिलको अफिसमा फोन गर्छ उनीहरूसँग रेडी मेड जवाफ हुन्छ तपाइको मान्छेले पैसा दिनु भएको छैन त्यसैले यस्तो भएको हो भन्छ बिचरा उ रुँदै घर सम्पर्क पैसा पाएन रे त्यसैले म जेल मै छु भन्छ घरमा रुवाबासी चल्छ छोरा छोरी निक्लेलान र ढुक्कको सास फेरौला भनेर बसेका घर परिवारको सपनामा तुसारा पात झर्छ र घर परिवार रिसाउँदै अमेरिकामा सहयोग गर्ने व्यक्तिलाई फोन गर्छन् र भन्छन् बाबु हामीले हाम्रो घरबार बन्दकी राखेर पैसा बुझाएकै थियौँ नि किन दिनु भएन तपाइको खल्तीको पैसा त हामीले मागेको होइननि हामीलाई त्यति सहयोग पनि गर्नु भएन ? म लाजवाफ हुन्छु पैसा त मैले दिएको थिए उतिनै बेला म हतार हतार वकिललाई सम्पर्क गर्छु उसको जवाफ हुन्छ ये ध्रुबजी काम हुन्छ किन आत्तिनु हुन्छ आज त्यो जज बिरामी रहेछ अर्को पटक हुन्छ चिन्ता नलिनु कस्तो सजिलो जवाफ उ फेरी बिजी हुन्छ फोन काटिन्छ सबै दोष मलाई ?

एवम् रीतले काम ढिलो हुन्छ ऊलाई नेपाल फर्काउने तयारी हुन्छ तेस्को आन्तिम दिन सम्म पनि वकिल ले $२५०० दिनुस् काम म फेरी गर्छु भन्छ ताती बेला सम्ममा उसले नेपाली १० लाख एक जनाबाट उठाइसकेको हुन्छ म वाक्क भएर फोन रोक्छु छोरो नेपाल पुग्यो घर घडेरी सकिसकेको हुन्छ लगभग १ करोड ऋणको भरिले थिचिएर बाबुले आत्माहत्या गर्छन् जिन्दगीमा केही गर्न नसकेको र ऋणको भारीले गर्दा कतै चल्न नसक्ने आबस्थामा पुगेको त्यो छोरोले पनि आत्माहत्याको बाटो रोज्छ घरमा भएकी बहिनी, सानो भाइ र आमाको के हविगत हुनेहो थाहा छैन यो सत्य र तितो घटनामा मुक्दर्सक भएर बसिरहेको छु म यो एक उदाहरण मात्र हो यस्ता अनगिन्ती घटनाहरू छन् नेपाली वकिल र तिनका आसे पासेबाट प्रतंडित भएर घटेका तिनीहरूको क्रमससंग म यहाहरु माझ बिआरटी नेपाल मार्फत पर्दाफास गर्नेछु । क्रमश . . . .

बाकी अर्को लेखमा  ।

प्रतिक्रियाको लागि  hellokunwar@gmail.com

नोट: यो लेख अमेरिकामा तल्लो बाटोबाट र अन्य बाटोबाट आएर दुख पाएका कथाहरू पढिसकेका पाठकहरूलाई बुझ्न बढी सजिलो हुनेछ ।

प्रतिक्रिया