अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१८ | Colorodo: 13:33

गोपाल योञ्जन स्मृति साँझ हुँदै

ध्रुव कुँवर, क्यालिफोर्निया २०७५ जेठ ११ गते १४:१८ मा प्रकाशित

नेपाली साङ्गीतिक आकाशका कहिल्यै नअस्ताउने तारा गोपाल योञ्जन उनकै उत्कृष्ट र कालजयी गीतहरू -नेपाल को छोरो , मलाई माफ गरिदेऊ , गल्ती हजार हुन्छ ,लौ सुन म भन्छु , चुमेर पाना भरि , यति चोखो , सम्हाल घुम्टोहरू , जीवन को हरेक मोडम़ा,केही चोटले , तिम्रो जस्तो मुटु मेरोपनि, सारा दिन अरूलाई , बिर्सेर फेरी मलाई न हेर, ए मलाई माया गर्ने हरू इत्यादि,उनी भारत मा जन्मिए पनि नेपाल सरकार बाट उनको काम को सम्मान गर्दै नेपाली नागरिकता प्रदान गरेको थियो।किनकि उनका हरेक शब्द शब्दमा नेपाल ,नेपाली र नेपाली जीवन झल्किरहेको हुन्थे ।गोपाल योञ्जनले नेपाली चलचित्र कान्छी र माया प्रीति मा सङ्गीत दिनु भयको थियो ।

जन्म-२००० भाद्र १० दार्जलिंग इन्डिया भए पनि उनले आफ्नो कर्म भूमि भने नेपाल लाई नै बनाए । सङ्गीत मा बि.ए.डिग्री गरेका गोपाल योञ्जन को मृत्यु-२०५४ ज्येस्ठ ७ गते भएको थियो । हो उनै गायक गोपाल योञ्जन सम्झना मा २१ औ गोपाल योञ्जन स्‍मृति साँझ हुन गई रहेको छ । May 26 तारिख शनिवार साँझ 6 बजे 1414 Walnut Street , Berkeley CA हुने उक्त कार्येक्रम लाई निकै पृथक् र उत्क्रिस्ठ हुने आयोजक लायेंस क्लब अफ ब्रकलि लालिगुरास का चार्टर प्रेसिडेन्ट निर्मल के फुंयाल ले जानकारी दिनु साथै शास्त्रीय, आधुनिक तथा गजलमय स्वरकाधनी चिरपरिचित गायक नरेन्द्र प्यासी पनि कार्येक्रममा सहभागी हुने कुराले कार्येक्रमको रौनकता बढ्ने कुरा मा आफू ढुक्क भएको जनाउनु भएको छ ।

प्रतिक्रिया