अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:११ | Colorodo: 01:26

अमेरिकन साम्राज्यबाद र पश्चिमा विस्तारबादको फलामको मुटु छेड्न नसक्ने सिरियाका अवोध नानिहरुको चित्कार

सोम विक्रम सिंह २०७४ फागुन १६ गते १२:४० मा प्रकाशित

अमेरिकन साम्राज्यवाद, पश्चिमा विस्तारवाद, अार्थिक उदारवाद, बजार विस्तारवाद, पुँजिवाद र ग्लोबलाईजेसन प्रजातन्त्रको अाडमा प्राकृतिक स्रोतको भण्डार भएको शक्तिशाली राष्ट्रहरूमा मुसा र मिसन भएर छिर्छ । तत्पश्चात उनिहरूको नाँगो नाच शुरू हुन्छ । तिनीहरूको स्वार्थ अनुरूप भयो भने अाफ्नो कठपुतली सरकारद्वारा प्राकृतिक स्रोतका धनी राष्ट्रमा हालीमुहाली शुरू हुन्छ भने त्यही देशका जनता बँधुवा मजदुर बनाईन्छ ।

केही गरि राष्ट्रबादी र देशभक्त शक्ति साम्राज्यवाद र विस्तारवादको बिरूद्व टाँग अडाउने गरि अाई पुग्यो भने त्यो देशको दिन गन्ति शुरू हुन्छ । तब पहिचानको, धर्मको, जातको, लिंगको, भाषाको, संस्कृतिको, वर्गको, क्षेत्रको, सिमाङ्कनको र शासन पद्धतिको अावाज उठाईन्छ र प्रजातन्त्रको बखान शुरू हुन्छ । त्यहाँ पश्चिमा र अमेरिका मसिहाको रूपमा छिर्छन् , छनोट हुन्छ दलाल र एजेण्टको, स्वार्थ पुर्ति कुन चाहिँ मालिकको गतिलो, बिश्वसिलो र तलुवा चाट्ने कुत्ताबाट हुन्छ ।

झोलेहरू छिर्छन् कसरी त्यहाँ धर्म संस्कृति र रितीरिवाज तहस नहस पारि अाफ्नो बशमा त्यहाँका निमुखा र गरिब जनतालाई अाफ्नो सोच र बिचार अनुसार प्रयोग गर्ने भनेर ? त्यो देशको प्राकृतिक सम्पदा र स्रोत हत्याउन र अाफ्नो पक्षमा राखिराख्न अाफ्नो संगठनको पनि जरूरत हुन्छ । त्यो पूरा गर्दिन्छ झोलेहरूले र धर्म परिवर्तन गरि संगठन तयार पारिदिन्छ ।

अहिले संसारको जुनसुकै राष्ट्रको नाम लिनुस जो प्राकृतिक स्रोतले धनी छ र बिदेशी स्वार्थ अनुरूप नलाग्दाको परिणाम, लडाई, झगडा, बिखण्डनको चपेटा र गृहयुद्वमा फसेर अस्तित्व बचाउन संधर्षमा फसेका अफगानिस्तान, इराक, सिरीया , लिबीया, सुडान, माली, अादि सम्पूर्ण अरब र अफ्रिकन मुलुकहरू जति छन् ती सबै मुलुकहरू प्राकृतिक सम्पदा र स्रोतहरूले अत्यन्त धनी हुन् ।

गृहयुद्व र लडाईबाट अक्रान्त ती सबै मुलुकहरूको पृष्ठभूमि हेर्नुहोस् सबै देशमा डेमोक्रेटिक फ्रण्ट वा फ्रि लिबरेशन अार्मी वा फ्रिडम फाईटरको नामबाटै प्रजातन्त्रको लागि भन्नेे थेगोको साथ किचलो उठाईएको छ । चेतनशील नागरिकहरू, तपाईं अाफै बिवेक प्रयोग गर्नुस् प्रजातन्त्र भनेको स-साना नानीहरू, बृद्वहरू तथा निहत्थाहरू अातंकवादको नाममा मानव सभ्यता र संस्कारको भ्रुण नै निमिट्यान्न हुने गरि नष्ट गर्नु हो ?

अाजको सामाजिक संजालको भित्ताहरू, अनलाईन पत्रिकाहरू, अामसंचारहरू, प्रिण्ट पत्रिकाहरू कुनै यस्तो अछुतो छैन होला जुन सिरीयाको अबोध नानीहरू, निहत्थाहरू बृद्वाहरूको चित्कारले नभरिएको होस् , तिनका रगतले नपोतिएका होस् र अाँसुले नभिजिएको होस् । समाचार तथा लेख लेख्नेको पनि दर्द र पीड़ाले छाति भत्भती नपोलिएका होस् । तर त्यो चीत्कार, अाँसु र रगतको लत्पतले ती पुँजिबादी, धन र पैसाका अाडम्बरी, अमेरिकन साम्राज्यबादी र पश्चिमा विस्तारबादीको फलामको मुटुलाई छेड्न असमर्थता भयो । यो केबल सामाजिक संजालमा र मिडियामा पोखियो र रगतले पोतियो ।

बिहानीको मिर्मिरे र शान्त र सोम्य बिहानीको समयमा सामाजिक संजालमा भएको सिरीयाको भयानक दृश्य तथा समाचारले मनलाई क्षण भरमै अक्रान्त, भयभीत र अशान्त बनाईदिन्छ, मन अौडाहा भएर अाउँछ, टोलाएर बस्नु पर्ने अबस्था बनाईदिन्छ । के दोष थियो ती अबोधको , किन तिम्रा मगज बहुलायो अाफ्नो अर्थतन्त्र बलियो बनाउने नाममा ? संसारलाई किन हाँसिखुशी देख्न चाहदैनौ ? तिम्रा जनता मात्रै जनता हुन् र ? तिमी अर्को बिश्वको जनतालाई किन बँधुवा मजदुरलाई झैँ व्यवहार गर्छौ ?

हाम्रो देश नेपाल पनि २०४६ सालदेखि अस्थिरताको भुमरिमा नै रूमलिरहेको छ । धन्न हाम्रा शासकहरू धेरै सुझबुझका बरू पातेहरूलाई सुम्पिन तयार भए, अशान्ति र अविकसित भए नि होस् बरू बिदेशी दलाललाई प्रजातन्त्रको नाममा सुम्पिन तयार भए । पाते र दलाल नेताहरूले भ्रष्टाचार गरि देश र जनतालाई थिलो थिलो बनाएको टुलुटुल हेरि अाँसु पिएरै बसे । गद्दी त्यागे तर अाफ्नो जनताको रगतको होली खेल्न तयार भएनन् । सिरीयाको गृहयुद्वले के जनाउ दिन्छ भने देशको लागि सोच्ने राष्ट्रबादी र देशभक्त शासकले कि अन्तिम सास, प्राण रहेसम्म लड्नु पर्छ, कि शासन दलालको हातमा सुम्पिदिनु पर्छ ।

हाम्रो देशमा पश्चिमा र भारतीय बिस्तारवाद र अमेरिकन साम्राज्यवादले अाँखा लगाउनुको मुख्य कारण पनि यहाँको अथाह प्राकृतिक सम्पदा र स्रोत नै हो भने अर्को मुख्य कारण नै चीनको बिश्वमा बढ्दै गईरहेको अार्थिक बिस्तार र अधिपत्य नै हो । राजाहरूले पृथ्वीनारायण शाहको दिव्य उपदेश बुझेर नै राजा महेन्द्रले असंलग्न राष्ट्रकालागि पहल गरेरका थिए । विश्व दुई ध्रुबिकरणमा गईरहेको अवस्थामा त्यस समयका दुई प्रमुख राष्ट्र अमेरिका र सोभियत युनियनलाई व्यालेन्स गर्न हेतु असंलग्न राष्ट्र समुहको उदय भएको थियो ।

सम्पूर्ण राष्ट्र तथा राजा महेन्द्रले युएनको भुमिका नै अमेरिकन साम्राज्यवाद र पश्चिमा बिस्तारवादको कबज भएर काम गर्ने हो भन्ने बुझेका थिए । उनी जस्तो कुसल शासकको अगाडि कसैको दाल नगल्ने देखेर नै त्यस बेलाका शक्तिशाली शासकहरू सहयोग गर्ने बहानामा राजा महेन्द्रसँग हात मिलाउन बाध्य भएका थिए । उनको शेष पछि नेपालमा बिस्तारै प्रजातन्त्रको नाममा मनपरितन्त्र घुस्यो ।

राजाहरूले दलालको अगाडि घुँडा टेक्न बाध्य भए । २०५२ सालमा पश्चिमा , अमेरिकन र भारतले धर्म परिवर्तनकारी झोलेहरूको डिजाईनमा माअोवादी जन्माउन सफल भए । राजा वीरेन्द्रको वंशनास गर्न सफल भए । तत्पश्चात बनेका राजाले विदेशीको कुटिल चाललाई थेग्न सकेनन् । दलालहरूको अगाडि समर्पण गरे तर राज्यमा अशान्ति निम्तिन दिएनन् र जनता मारेर गद्दीमा टाँसिरहन रूचाएनन् , पाते नेताहरू घाट जाने समयमा पनि कुर्सिमा टाँसेर बसे झैँ ।

अन्तमा कहाँ गए ती फटाहाहरू जो प्रजातन्त्र र गणतन्त्रको नाममा मनपरितन्त्र, फटाहातन्त्र र गाँडतन्त्रको दुहाई दिँदै फुत्रुक फुत्रुक उफ्रिनेहरू ? उत्तर कोरियाले मिसायल परीक्षण गर्दैमा विश्व नै बिलय भए झैं गरि झोलेहरूको पक्षधर नागरिक समाजका अगुवाहरू ? अाज सिरीयामा भ्रुण सिध्याउने योजना सहित तहसनहस गरि स-साना नानीहरूको हत्या भइरहँदा नागरिक समाज ठेगेदारहरूको कानमा तेल परेछ ? किन अावाज उठ्दैन ? यी अगुवा होईनन् बाटो हगुवा हुन् भन्ने प्रमाणित हुन्छ ।

युएनको कानमा त कानेगुजीले भरिएको छ , सुन्दैनन् , अाँखामा चिप्रा परेछ क्यार अाँखै ढाक्ने देख्दैनन्, दिमागमा गोबर भरिएछ , सोच्नै सक्दैनन् , शरीर कुँजिएको छ केही गर्नै सक्ने स्थितीमा छन् । पश्चिमा विस्तारवाद र अमेरिकन साम्राज्यवाद को पक्षमा निस्कने समयमा ती राष्ट्रले कानेगुजी सफा गर्दिन्छ , अाँखा सफा गर्दिन्छन्, दिमागी हालत र शरीर ठिक पारिदिन्छन् र शक्ति प्रदान गरिदिन्छन् । त्यस समय युएनका कठपुतली महासचिव गलगाँड च्यातिउनजेल कराउँछन् । तर युएनले हेक्का राख्दा हुन्छ त्यो दिन एकदिन पक्का अाउनेछ जब सम्पुर्ण जनता र राष्ट्रले बिस्तारवाद, साम्राज्यवाद र पुँजीवादको कठपुतली युएनलाई त्यागी अर्को स्वस्थ्य र निष्पक्ष निकाय खोल्नेछन् र विश्व ध्रुबिकरणमा बाँटिनेछ । तब फेरि विश्व शितयुद्वको भुमरीमा फस्ने छ । के अशान्ति निरन्तरता चलि नै रहने हो र ? होईन भने सबैले सोच्ने बेला अाएको छ , बिश्वमा शक्तिशाली बन्ने होडबाजि त्यागी दिउँ । अरूको बाँच्ने अधिकार नखोसौं । अरूलाई बाँच्न दिउँ , अाफु त्यसै बाँचिन्छ ।

सिरीया अातंकमा अाफ्नो जीवन गुमाएका कलिला नानीहरू , बिधवाहरू , महिला तथा युद्वमा सरोकार नराख्ने सम्पुर्ण प्रति भावपुर्ण तथा हार्दिक श्रद्धाञ्जली तथा मृतकका परिवार र अामा प्रति हार्दिक समवेदना । सम्पुर्ण अात्माले सहि बाटो पाअोस् भनी भगवानसँग प्रार्थना गर्दछु ।

 (सिंह राष्ट्रिय सरोकार मंचका केन्द्रिय अध्यक्ष हुन्)

प्रतिक्रिया