अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:४० | Colorodo: 10:55

सांसद् विद्या भट्टराईद्धारा पद तथा गोपनियताको सपथ ग्रहण

बिआरटीनेपाल २०७६ पुष १ गते ८:३० मा प्रकाशित

कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलबार पद तथा गोपनीयताको सपथ ग्हण गनुृभएको छ । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा मंगलबार आयोजित समारोहमा भट्टराईलाई सपथ ग्रहण गराउनुभयो । सपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले आफू तीन वर्षका लागि निर्वाचित भएको उल्लेख गर्दै नीति र विकास निर्माणका अपूरा काम पूरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

सपथग्रहण समारोहमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक देव गुरुङलगायतका नेता तथा सांसदहरु उपस्थित थिए । भट्टराई गत मंसिर १४ गते भएको उपनिर्वाचनमा नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

कास्की २ बाट निर्वाचित तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि भएको उपचुनावमा नेकपाले उहाँकै पत्नी भट्टराईलाई उम्मेदवार बनाएको थियो । तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा संलग्न हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू