अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१४ | Colorodo: 13:29

जलहरी प्रकरणमा मिलन थापासहित ३ जनालाई सफाइ

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:४४ मा प्रकाशित

पशुपतिनाथको जलहरी प्रकरणमा विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ ।

मंगलबार विशेष अदालतका अध्यक्ष टेक नारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठले सफाइ दिने फैसला गर्नुभएको हो ।

भ्रष्टाचार अभियोगबाट सफाइ पाउनेमा डा प्रदीप ढकाल, मिलन थापा र अरुणकुमार श्रेष्ठ रहेको विशेष अदालतका अधिकृत सागर ढकालले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू