अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२४ | Colorodo: 08:39

समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गर्न सभामुखको निर्देशन

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ६:५३ मा प्रकाशित

सभामुख देवराज घिमिरेले संसदीय समितिमा रहेका विधेयकहरुलाई छिटोभन्दा छिटो पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको छ । मंगलबार संसदीय समितिका सभापतिहरु र राष्ट्रिय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँगको बैठकमा बोल्दै सभामुख घिमिरेले समितिमा रहेका विधेयकहरुलाई पारित गरेर संसदमा ल्याउन निर्देशन दिनुभएको हो ।

सभामुख घिमिरेले समितिमा छलफलको क्रममा रहेका विधेयकहरुलाई संसदको आगामी अधिवेशन आह्वान हुनुभन्दा अगाडि नै बैठक बसि टुंग्याउन निर्देशन दिनुभएको छ । बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभामुख घिमिरेले बैठकमा समितिमा भएका विधेयकहरुको अवस्थाको बारेमा जानकारी लिएको बताउनुभयो । सभामुख घिमिरेले आगामी अधिवेशनमा संसदमा आउने अवस्थामा के कति विधेयकहरु छन् भन्ने सन्दर्भमा जानकारी लिएको र आगामी अधिवेशनमा विधेयक ल्याउनेगरी तयारीस्वरुप बैठक राखिएको बताउनुभयो । सभामुख घिमिरेले आवश्यक पर्दा आगामी अधिवेशनलाई सहज रुपमा अगाडि बढाउनका लागि राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्ने पनि बताउनुभयो ।

अर्थ समितिका सभापति सन्तोष चालिसेले सभामुखले समितिमा रहेका विधेयकलाई चाँडोभन्दा चाँडो पारित गरेर ल्याउन निर्देशन दिनुभएको बताउनुभयो । उहाँले समितिको बैठक बस्दा गणपूरक संख्या नपुग्ने समस्या रहेको भन्दै समितिलाई परेका अफ्ठेराहरुको बारेमा पनि समिति सभापतिहरुले सभामुख समक्ष राखेका जानकारी दिनुभयो । उहाँले आगामी बजेटमा संसदीय समितिहरुलाई पनि पर्याप्त बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको पनि बताउनुभयो । उहाँले समिति बैठकमा सांसदहरुको अनिवार्य उपस्थितिका लागि दलका सचेतकहरुलाई पनि आग्रह गरिएको बताउनुभयो । उहाँले समिति सभापतिहरुसँग सभामुखले महिनाको एकपटक बैठक बस्ने निर्णय गरिएको पनि बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू