अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

कर्णाली प्रदेश सरकारले पूर्णता पायाे

बिआरटीनेपाल २०८१ वैशाख १८ गते ७:०५ मा प्रकाशित

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मङ्गलवार सरकारलाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि कँडेलले सात जना मन्त्रीलाई नियुक्त गर्दै सरकारलाई पूर्णता दिनुभएको छ । गएको चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल माओवादीे र एमाले केन्द्रबीच भएको लामो छलफलपछि माओवादीबाट चार जना र एमालेबाट तीन जना मन्त्री नियुक्त गर्नुभएको हो ।

माओवादीका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्रीमा महेन्द्र केसी, सामाजिक विकासमन्त्रीमा वीरबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा दुर्गबहादुर रावत र जलस्रोत तथा ऊर्जा विकासमन्त्रीमा रणसिंह परियार नियुक्त भएका छन् । एमालेबाट भौतिक पूर्वाधार तथा सहरी विकास राज्यमन्त्रीमा गमता विक, भौतिक पूर्वाधार मन्त्रीमा शेरबहादुर बुढा र भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा विनोदकुमार शाह नियुक्त भएका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्रालय मुख्यमन्त्री कँडेल आफैँले राख्नुभएको छ ।

नवनियुक्त मन्त्रीहरूले आजै पद तथा गाेपनीयताकाे शपथ लिएका छन् । प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू