अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

‘शुभ मङ्गल’ मा कुशल र सुरबिना

बिआरटीनेपाल २०७६ मंसिर २९ गते ८:५५ मा प्रकाशित

काठमाडौँ, प्रेमकथामा ‘शुभ मङ्गल’ नामक फिल्म निर्माण हुने भएको छ । अस्ट्रेलिया निवासी निर्देशक मनोज अधिकारीले निर्देशन गर्ने फिल्ममा कुशल थापा, सुरबिना कार्की, विकास चापागाईं, केपी शर्मा, आर्यन शर्मा, सदिक्षा पाण्डे लगायतका कलाकारले अभिनय गर्नेछन् ।

देउराली फिल्मस्को ब्यानरमा सङ्गम क्षेत्री र नारायण दत्त अधिकारी निर्माता रहेको फिल्मको सुटिङ नेपाल र अस्ट्रेलियामा गरिने जानकारी निर्देशक अधिकारीले दिएका छन् । अस्ट्रेलियामा बस्ने नेपालीको जीवनशैली, प्रेम,सम्बन्धलगायतका विविध विषयमा निर्माण हुने फिल्मको केही समयपछि औपचारिक रूपमा घोषणा गरिने बताइएको छ ।

निर्देशक अधिकारीकै लेखन रहेकोको सुटिङ केही समयपछि थालिने छ । फिल्मका अन्य कलाकार तथा प्राविधिक चयन कार्य जारी रहेको निर्देशक अधिकारीले बताएका छन् ।

प्रतिक्रिया