अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१५ | Colorodo: 18:30

एक वर्षमा धरहराको मुख्य संरचना तयार हुने

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:४६ मा प्रकाशित

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी एक वर्षमा धरहराको मुख्य संरचना तयार हुने जनाएको छ। संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण द्रुत रुपमा भइरहेको जानकारी दिँदै आगामी एक वर्षमा मुख्य संरचना पुनर्निर्माण हुने बताउनुभयो ।

बैठकमा सांसद कृष्णगोपाल श्रेष्ठले धरहरा बन्नेमा आशंका जनाउनुभयो । सांसद श्रेष्ठले धरहरा पुनर्निर्माणलाई समयमा सम्पन्न गर्न आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताउनुभयो । समिति सभापति शशी श्रेष्ठले समितिमा पेश गरेको समयअनुसार धरहरा पुनर्निर्माण सम्पन्न गर्ने प्राधिकरणबाट प्रतिबद्धता आउनु सह्रानीय भन्दै कार्ययोजनाअनुसार काम गर्न आग्रह गर्नुभयो ।

सांसदहरुले धरहरा पुनर्निर्माणलाई समयमै सम्पन्न गर्न अनुगमन प्रभावकारी बनाउन आग्रह गरेका छन् । तीन– तीन महिनामा अनुगमन गर्नुपर्नेमा उनीहरुको जोड छ। धरहराको तीन तलाको ढलान भइसकेको छ । बैठकमा सांसदहरु दिलेन्द्रप्रसाद बडु, नवराज सिलवाल, झपट रावल लगायतले पुनर्निर्माण सन्तोषजनक रुपमा बढेको बताउनुभएको थियो ।

प्रतिक्रिया