अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१४ | Colorodo: 21:29

बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ५:४६ मा प्रकाशित

बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा भएकाे उपचुनावमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित हुनुभएको छ ।एमालेका उम्मेदवार भण्डारी ११ हजार ६ सय १३ मत प्राप्त गरी विजयी हुनुभएकाे निर्वाचन आयाेगले जनाएकाे छ । भण्डारी २ सय ६७ मतान्तरसहित विजयी हुनुभयाे ।भण्डारीका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गर्नुभयो । यस्तै नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत प्राप्त गर्नुभएको आयाेगले जनाएकाे छ ।

अस्ति शनिवार भएको उपचुनावमा ३० हजार तीन सय ३७ मत खसेकाे थियाे । त्यहाँ ६१ हजार ७ सय ४८ जना मतदाता थिए । खसेकाे मतमध्ये ६ सय ३२ मत बदर भएकाे निर्वाचन आयाेगले जनाएकाे छ । २०७९ मा भएको चुनावमा यस क्षेत्रमा कांग्रेसका पृथ्वीबहादुर सिंहले १७ हजार १ सय १२ मत ल्याएर निर्वाचित हुनुभएको थियो । एमालेका अफिलाल ओखेडाले १३ हजार ३ सय ३६ मत ल्याउनुभएको थियो । कांग्रेसका पृथ्वीबहादुर सिंहकाे गाडी दुर्घटनामा निधन भएपछि अहिले उपचुनाव भएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू