अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:११ | Colorodo: 13:26

आगलागी र डढेलोबाट नागरिकलाई जोगाउन मानव अधिकार आयोगको आग्रह

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ७:३५ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले आगलागी र डढेलोबाट नागरिकको जीउधनको सुरक्षा गर्न सरकारलाई आग्रह गरेको छ । आयोगले आज विज्ञप्ति निकालेर देशका विभिन्न ठाउँमा आगलागी र डढेलोबाट जनधनको क्षति भएकाले सचेत हुन सरकारलाई आग्रह गरेको हो । आयोगले विज्ञप्तिमा आगलागी तथा डढेलोको जोखिम न्यूनीकरण गर्नका लागि प्रभावकारी कदम चाल्न, आगलागी नियन्त्रणमा प्रयोग हुने सामग्री तथा सुरक्षा उपकरण, तालिम, पूर्वतयारी, सुरक्षा, प्रतिकार्यलगायतका विषयमा उचित व्यवस्था गर्न आग्रह गरेको छ ।

आयोगले यही वैशाख १२ गते महोत्तरीको मटिहानी नगरपालिका– ६ मा आगलागी हुँदा सुरक्षाकर्मी, स्थानीयवासी पूर्वतयारी तथा पर्याप्त सुरक्षा उपकरणविना आगलागी नियन्त्रणमा परिचालित हुँदा बढी क्षति भएको जनाएको छ । त्यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू निकै कम र भएका पनि शहर केन्द्रित देखिएको आयोगको निष्कर्ष छ ।

यसैबीच वैशाख शुरु भएपछि मात्रै आगलागीमा नाै जना र डढेलोमा दुई जना गरी ११ जनाको जलेर ज्यान गइसकेको छ । यस्तै ५४ जना घाइते भएका छन् । आगलागीबाट आठ सय ९६ वटा घरमा क्षति पुग्दा २५ करोड २० लाख रुपैयाँभन्दा धेरैको क्षति भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू