अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४६ | Colorodo: 23:01

नेपालमै विद्युतीय गाडी उत्पादन गर्न चाइनिज कम्पनीसँग सम्झौता

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ६:२५ मा प्रकाशित

नेपालमै विद्युतीय सवारी साधन उत्पादन गर्न चाइनिज कम्पनीसँग सम्झौता भएको छ । एक वर्षभित्र सबै किसिमका सवारी साधन उत्पादन गर्ने उद्देश्यका साथ सोमवार नेपालको कोशी एनके मोटर्स प्रालि र चाइनाको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिटेडबीच सम्झौता भएको हो ।

नेपालका तर्फबाट सम्झौतामा कोशी एनके मोटर्सका अध्यक्ष टीकाराम पुरीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता भएसँगै अब नेपालमा नै चाइनिज तथा कोरियन प्रविधिमा आधारित चार पांग्रे विद्युतीय गाडी उत्पादन हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू