अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५० | Colorodo: 09:05

एकता गर्न ठिक्क परेको मोहन वैद्यको पार्टी फुट्यो

बिआरटीनेपाल २०८१ वैशाख १७ गते ६:०५ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग एकता गर्न तयार परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आफै विभाजित बन्न पुगेको छ । पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष वैशाख १८ गते भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बिचको एकता भङ्गको घोषणा भएको छ ।

सचिवालय सदस्य समरजङले उक्त एकता घोषणा भएको जानकारी गराउनुभयो । रिपोर्टर्स क्लब नेपालमा आज  पत्रकार सम्मेलनको आयोजना गरेर समरजङले अब सच्चा क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुन आवश्यक रहेको औँल्याउँदै वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन सबैमा अपिल समेत गर्नुभयो । पार्टीमा असहमति पत्र बुझाउनेहरूमा भने समरजंग, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्तलगायत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू