अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:५२ | Colorodo: 23:07

चिनिया राष्ट्रपति सी जिनपिङसँग भेट नजुरेपछि प्रचण्डद्धारा चीन भ्रमण स्थगित

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ६:३१ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी जिनपिङसँग तत्काल भेट नजुरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो निर्धारित चीन भ्रमण स्थगित गरेको बुझिएको छ। प्रचण्डले आफ्ना पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था र पार्टीमा प्राप्त नयाँ जिम्मेवारी कार्यान्वन गर्नु पर्ने प्राथमिकता रहेको भन्दै चीन भ्रमण स्थागित गरेको आफू निकट नेताहरुलाई बताउनुभएको थियो ।

तर पार्टीका एक स्थायी समिति सदस्य एवं प्रचण्ड निकट एक नेताका अनुसार उहाँले चिनियाँ राष्ट्रपति सीलाई भेट्ने परिस्थिति नबनेपछि तत्कालका लागि भ्रमण स्थगित गरेको बताईएको छ । सी पथको अध्ययन र चिनियाँ विकासको अवलोकन समेत गर्ने उद्देश्यसहित करिब ६० जना सदस्यीय टोलीको नेतृत्व गर्दै प्रचण्डले यही मंसिर २४ गते चिनतर्फ लाग्ने योजना बनाउनुभएको थियो ।

प्रचण्डले त्यसबारे सार्वजनिक रुपमै मंसिर १३ गते शुक्रबार जानकारी गराउनुभएको थियो । तर त्यसको तीन दिनपछि उहाँले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था र हालै आफूले ओलीबाट प्राप्त पार्टी सञ्चालनको कार्यकारी जिम्मेवारी कार्यान्वयमा ल्याउने बेला विदेश भ्रमण उचित नभएको ठहरसहित चीन भ्रमण स्थगित गरेको उनी निकट नेताहरुलाई जानकारी गराउनुभएको थियो ।

प्रचण्डले त्यसैदिन खुमलटार निवासमा नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ छेलुङलाई आफ्नो भ्रमण स्थगित गर्नु पर्ने कारणबारे औपचारिकरुपमा जानकारी समेत गराउनुभएको थियो ।

प्रतिक्रिया