अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३१ | Colorodo: 00:46

सम्पत्ति शुद्धीकरण विभागद्धारा तीनवटा मेडिकल कलेजमा छापा

बिआरटीनेपाल २०७६ मंसिर १ गते ८:३३ मा प्रकाशित

सम्पत्ति शुद्धीकरण विभागले मुलुकका तीनवटा मेडिकल कलेजमा छापा मारेको छ। तोकिए भन्दा बढी शुल्क लिएको भन्दै लामो समयदेखि विद्यार्थीहरु आन्दोलित भइरहेका बेला विभागले तीनवटा मेडिकल कलेजमा छापा मारेको हो। विराटनगरस्थित नोबेल मेडिकल कलेज, वीरगन्जस्थित नेशलन मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजमा विभागले आइतवार छापा मारेको हो ।

विभागले शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानबिन थालिसकेको बताएको छ । सम्पत्ति छानविनका क्रममा मेडिकल कलेजहरुमा छापा मारिएको विभाग स्रोतले जनाएको छ । सरकारले अतिरिक्त शुल्क फिर्ता वा मिलान गर्न पटक पटक निर्देशन दिए पनि मेडिकल कलेजहरुले अटेर गरेपछि विद्यार्थीहरु निरन्तर आन्दोलित छन् । यसअघि, आइतवारै राष्ट्रिय युवा संघको राष्ट्रिय भेलामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बढी शुल्क असुल्ने मेडिकल कलेजमाथि कारवाही थाल्ने चेतावनी दिनुभएको थियो ।

प्रतिक्रिया