अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२९ | Colorodo: 07:44

मिहिनेत गरेर परीक्षा दिएकाले सफलता मिलेको अर्थमन्त्री खतिवडाको भनाई

बिआरटीनेपाल २०७६ कार्तिक १३ गते ७:१४ मा प्रकाशित

डुइङ बिजनेसमा विश्व बैङ्कले निकानलेको प्रतिवेदनमा नेपालको प्रगति अपेक्षित रहेको अर्थमन्त्री युवराज खतिवडा बताउनुभएको छ । काठमाण्डौमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री खतिवडाले वल्र्ड बैङ्कको प्रतिवेदनमा १६ स्थानमाथि उक्लनु आफ्नै मिहिनेतको प्रतिफल भएको उहाँको भनाइ छ ।

आफूले बजेटपछि धेरै सुधार गरेको र कानुनलाई सोही अनुसार परिमार्जन गरेको उल्लेख गर्दै उहाँले गत वर्ष व्यापार सुधार गरेपनि नतिजा भने उल्टो आएको र यस वर्ष सोचेअनुरूपको सफलता मिलेको बताउनुभयो । स्थानीय तहका करमा केही समस्या देखिएको रिपोर्टले देखाएकोमा मन्त्री खतिवडाले नयाँ व्यवस्था भएकाले स्थानीय तहमा केही समस्या भएकाले अर्को वर्ष ती सम्पूर्ण समस्या समाधान हुने बताउनुभयो ।

अर्को वर्ष दुवै क्षेत्रमा व्यापक सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता व्यक्त गर्नुभयो । डुइङ बिजनेस पतिबेदनले विद्युतको गुणस्तर बारेमा भने प्रश्न उठाएको छ । त्यसलाई पनि अर्को वर्ष सुधार गर्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू