अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४० | Colorodo: 18:55

कक्षा ११ को परीक्षाफल प्रकाशित

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:१३ मा प्रकाशित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल आज सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा आज सार्वजनिक भएको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए ।

तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ । त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए । नियमिततर्फको नतिजालाई जीपीए अनुसार नौ किसिमले सार्वजनिक गरिएको छ । तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् । त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७ सय ७२ जना छन् ।

२.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् । यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् ।

National Examinations Board (NEB) Nepal

प्रतिक्रिया