अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी नहुन विज्ञहरुको चेतावनी

बिआरटीनेपाल २०७६ असोज ४ गते ९:५६ मा प्रकाशित

विभिन्न क्षेत्रका विज्ञहरुले अमेरिकाको इन्डो प्यासिफिक रणनीतिमा नेपाललाई सहभागी नहुन चेतावनी दिएका छन् । साथै नेपाल आफ्नो विदेश नीतिमा स्पष्ट हुनुपर्नेमा पनि जोड दिएका छन् । शनिवारमा काठमाडौंमा भएको हिन्द प्रशान्त रणनीति र नेपाल विषयक अन्तरक्रियामा बोल्ने वक्ताहरुले नेपाल विभिन्न शक्ति राष्ट्रको क्रिडास्थल हुने गम्भीर खतरा रहेको भन्दै उनीहरुले त्यसका लागि सरकारले स्पष्ट रुपमा आफ्नो विदेश नीति बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रगतिशील लेखक संघका समिर सिंहले नेपालमा आर्थिक, सांस्कृतिक रुपमा कसरी प्रभूत्व कायम गर्न सकिन्छ भनेर शक्ति राष्ट्रहरुबीच चलेखेल भइरहेको बताउनुभयो । उहाँले नेपालमा सांस्कृतिक रुपमा प्रभूत्व कायम गर्नका लागि व्यापक रुपमा इसाईकरण भइरहेको बताउँदै धर्मको नाममा पनि राजनीतिक खेल सुरु भएको बताउनुभयो ।

यस्तै सुरक्षाविद् एवं नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यातले नेपाल सिध्याउनका लागि नेपाली अमृत संस्कृतिमाथी प्रहार हुन थालेको उल्लेख गनुृभयो । डा. नन्द बहादुर सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएर इन्डो प्यासिफिक रणनीतिबारे नेपालको स्पष्ट नीति बनाउँन आग्रह गर्नुभयो । डा. मृगेन्द्र बहादुर कार्कीले इन्डो प्यासिफिक रणनीति चीनको बिआरआई कार्यक्रमलाई शान्तिपूर्ण रुपमा हत्याउने गरी आएको ठहर गर्नुभयो ।

कार्यक्रममा अर्का वक्ता नेकपा क्रान्तिकारीका नेता सिपी गजुरेलले इन्डो प्यासिफिक रणनीति नेपालको स्वाधिनता र राष्ट्रियतासँग जोडिएको विषय भएको बताउनुभयो । उनले यो रणनीतिको सहकर्मी भए नेपालको असंलग्न परराष्ट्र नीति खारेज हुने उल्लेख गर्नुभयो ।

प्रतिक्रिया