अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३९ | Colorodo: 00:54

अध्यक्ष ओलीसँगको भनाभनलाई गम्भिर रुपमा नलिऔं– नेता नेपाल

बिआरटीनेपाल २०७६ भदौ ६ गते ९:४३ मा प्रकाशित

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले आफू र पार्टी अध्यक्षबीच भएको भनाभनको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ । सहयोगी नगर सामुदायिक समाजले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले कार्यकर्ताहरुले त्यस बारे चिन्ता व्यक्त गरेकोमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सामान्य रुपमा लिन आग्रह गर्नुभयो ।

विषयवस्तु माथिको बुझाईमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भईरहने भन्दै उहाँले त्यसलाई श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न आग्रह गर्नुभयो । झगडा भयो भनेर वैबाहिक जीवन प्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्ने उहाको भनाई थियो । नेता नेपालले राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामाना गर्दै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

नेता नेपालले पारिवारिक, राजनीतिक लगायत सबै क्षेत्रमा नेतृत्वले सुन्ने धैर्यता गर्नुपर्ने र सबैको कुरा सुनेर निर्णयमा पुग्नुपर्ने धारणा राख्नुभएको छ । नेपालले ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ भन्ने गीतको दृष्टान्त दिँदै व्यक्तिको सोच, दृष्टिकोण, सामथ्र्य तथा ज्ञानका आधारमा समस्या सामान्य र असामान्य हुने बताउनुभयो ।

प्रतिक्रिया