अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

अब मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिङ्गबाट हुने

बिआरटीनेपाल २०७६ भदौ ५ गते ९:१० मा प्रकाशित

नेपाल सरकारको मन्त्रिपरिषद्को बैठक अबदेखि भिडियो कन्फ्रेंसिङ्गबाट पनि हुने भएको छ । बिहीबार मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सुनाउने पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को बैठक भिडियो कन्फ्रेसिङ्गबाट पनि गर्न सकिने निर्णय भएको बताउनुभयो ।

मन्त्रिपरिषद्को बैठकले नेपाल सरकारको कार्यसम्पादन नियमावली २०६५ लाई संसोधन गरी प्रधानमन्त्री स्वदेश वा विदेश भ्रमणमा रहेको समयमा पनि भिडियो कन्फ्रेंसिङ्ग लगायतका सूचना प्रविधिको प्रयोग गरेर मन्त्रिपरिषदको बैठक बस्न सक्ने गरी नियमावली संशोधन गरिएको सञ्चारमन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

सरकारले गरेको यो निर्णयबाट स्वास्थ्य परीक्षणको शिलशिलामा सिंगापुर रहनुभएका प्रधान मन्त्रीले भिडियो कन्फ्रेंसिङ्गमार्फत बैठकको अध्यक्षता गर्दै निर्णय गर्न सक्नुहुनेछ । यस्तै मन्त्रिपरिषदको बैठकले तराई मधेश द्रुत मार्गको केही स्थानमा बाटो परिवर्तन गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया