अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्काल पदाधिकारी नियुक्त गरियोस् – सांसद शर्मा

बिआरटीनेपाल २०७६ साउन २३ गते १०:१३ मा प्रकाशित

सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका सांसद जनार्दन शर्माले सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा सांसद शर्माले सत्यतथ्य पत्ता लगाई न्याय निरुपण नगरि शान्ति प्रक्रियाको काम पूरा नहुने भन्दै संवेदनशील विषयमा हेलचेक्राई नगर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले जिम्मेवारीपूर्वक आयोगमा तत्काल पदाधिकारी गठन गर्नुपर्ने बताउनुभयो ।

सांसद् शर्माले संविधानमाथि नै प्रश्न उठाउने दुश्प्रयास भइरहेको भन्दै त्यो आफूहरूलाई स्वीकार्य नहुने चेतावनी समेत दिनुभएको छ । संघीय संरचनामा काम गर्ने क्रमका कानुनलगायतको अभावले केही जटिलता देखिएको भए पनि सोही विषयलाई लिएर संघीय प्रणालीमाथिको प्रश्न उठ्नुलाई स्वभाविक रूपमा लिन नसकिने उहाको भनाई थियो ।

नेपाली काग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय परिचयपत्र छपाइको ठेक्कामा अनियमिता भएको भन्दै सत्यतथ्य छानबिन गरी सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सार्वजनिक खरिद ऐन र नियमावली विपरीत बिना प्रतिष्पर्धा परीक्षणमा लापरबाही र ढिलाई गरिएको भनिएको पुरानै फ्रान्सेली कम्पनीलाई नै मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय परिचयपत्र र पञ्जिकरण विभागले राति ११ बजे आफ्नै कार्यकक्षमा पौने २ अर्बको ठेक्का गरेको उहाको दावी थियो । कानुन विपरीत गरिएको यस सम्झौतामा निकै ठूलो रकमको चलखेल भएको आशंका गरिएको भन्दै बडेले त्यसबारेको छानबिन गरी सदनलाई यथार्थ जानकारी गराउन माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू