अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३३ | Colorodo: 03:48

पोखराकी शुरतीले कक्षा–१२ मा नेपालमा नै उत्कृष्ट जीपीए प्राप्त गरेको बिद्यालयको दाबी

बिआरटीनेपाल २०७६ साउन १८ गते ९:३९ मा प्रकाशित

पोखराको प्रतिभा मा. वि. ले आफ्ना छात्रा शुरती पाण्डेले कक्षा–१२ को परीक्षामा व्यवस्थापन संकायतर्फ उत्कृष्ट जीपीए ल्याएको दावी गरेको छ । शनिबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले पाण्डेले ल्याएको ३.९२ जीपीए नेपालमै उत्कृष्ट जीपीए भएको जिकिर गर्नुभयो ।

यो वर्ष नेपालभरबाट तीनजना विद्यार्थीलेमात्रै ३.९२ जीपीए ल्याउन सफल भएको उहाको भनाई छ । धादिङको आगिङचोकमा सामान्य परिवारमा जन्मिएकी पाण्डेले विद्यालय, शिक्षक र आफ्नो मिहिनेतका कारण यो नतिजा ल्याउन सफल भएको बताउनुभयो ।

पाण्डेको लक्ष्यलाई पूरा गर्न प्रतिभा मावि र अटो वेजले आर्थिक सहयोगसमेत प्रदान गर्ने भएका छन् । विद्यालयले १ लाख रुपैयाँ नगद सहयोग र पाण्डेका भाइ सचितराज पाण्डेलाई १२ कक्षासम्म निःशुल्क अध्ययन गराउने विद्यालयका अध्यक्ष नारायण पौडेलले पत्रकार सम्मेलनमा घोषणा गर्नुभयो । अटो वेज प्रालिका सन्चालकसमेत रहेका पौडेलले प्रालिको तर्फबाट ५० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभयो ।

प्रतिक्रिया