अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

जनजाति महासंघले गर्ने भनेको साउन २ को नेपाल बन्द फिर्ता

बिआरटीनेपाल २०७६ साउन १ गते ९:३० मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघले साउन २ गते गर्ने भनेको नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ । लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै आन्दोलित बनेको महासंघले साउन २ गते नेपाल बन्द गर्ने जनाएको थियो ।

जिल्ला समन्वय परिषद्, कास्कीका अध्यक्ष धर्म तमुले महासंघले गर्ने भनेको बन्द कार्यक्रम फिर्ता भएको जानकारी दिनुभयो । नेपाल बन्द फिर्ता भएपनि अन्य कार्यक्रम प्रति ऐक्यबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब दिने तमुले जानकारी दिनुभयो ।

नेपालको संविधान (पहिलो संशोधन),२०७२ को धारा ४२ को उपधारा १ मा सामाजिक न्यायको हक मा स्पष्ट व्यवस्था भएर पनि सरकारले लोकसेवा आयोगको विज्ञापनमा देशमा रहेका हरेक तह र तप्कालाई अधिकारबाट बञ्चित गर्ने कुचेष्टा गरिएको आदिवासी जनजाति महासंघको ठहर रहेको छ ।

सरकारले अव्यवस्थित, असमानुपातिक र एकल केन्द्रीकृत राज्यसत्तामा रहेका एकल जातिवादी हिसाबले विज्ञापन गरिएको समेत उहाँले आरोप लगाउनुभएको छ ।

प्रतिक्रिया