अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४० | Colorodo: 21:55

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

बिआरटीनेपाल २०७६ असार २० गते ९:५४ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले संसद्मा प्रस्तुत गरेको बजेट पारित भएको छ । प्रदेश सरकारले असार १ गते गण्डकी प्रदेश सभामा प्रस्तुत गरेको बजेट शुक्रवार प्रदेश सभा बैठकबाट पारित भएको हो । बजेट पारित गर्नका लागि सभामुख नेत्रनाथ अधिकारीले निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो ।

बजेट निर्णयार्थ प्रस्तुत गर्नुअघी मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्य मन्त्री कार्यालय तथा मन्त्री परिषद् कार्यालयका लागि छुट्टिएको विनियोजन शीर्षकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिनु भएको थियो । प्रमुख प्रतिपक्षी दलको तर्फबाट नेपाली कांग्रेसले बजेटमा १ रुपैयाँ घटाइयोस् भन्ने संसोधन प्रस्ताव राखेकोमा सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्विकृत भएको थियो । संसद्को अर्को बैठक साउन ५ गते बस्ने गरि यस आर्थिक बर्षको बैठक सम्पन्न भएको छ ।

प्रतिक्रिया