अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१३ | Colorodo: 01:28

नेपाली घरको निर्वाचन समिति गठन, आयुक्तमा डा. सङ्गीता श्रोत्रिय

बिआरटीनेपाल २०७६ असार ११ गते १०:३१ मा प्रकाशित

चुनावमा भाग लिन यही जून ३०, २०१९ भित्र नयाँ सदस्यता लिने वा नवीकरण गर्नु पर्ने
कोलोराडोमा दर्ता भएको सामाजिक संस्था नेपाली घरको आगामी कार्यकाल २०१९-२०२१ को लागि नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गर्न तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । निर्वाचन आयुक्तमा डा. सङ्गीता श्रोत्रिय र सदस्यहरूमा वासुदेव दाहाल र भूषणलाल श्रेष्ठलाई तोकिएको छ । सो समितिलाई आगामी जुलाई, २०१९ को चौथो हप्ता भित्र नयाँ कार्य समितिको निर्वाचन सम्पन्न गर्न जिम्मेवारी दिइएको छ ।

जून ३०, २०१९ भित्र नयाँ सदस्यता लिएका तथा अहिले भइरहेका साधारण सदस्यहरूको हकमा आफ्नो सदस्यता नवीकरण गरिसकेका सदस्यहरूले उक्त निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने कुराको जानकारी नेपाली घरका अध्यक्ष लछुमन राणाले बिआरटी नेपाललाई दिए । राणाले सम्पूर्ण समुदायका सदस्यहरूलाई यही जून ३०, २०१९ भित्र नेपाली घरको सदस्यता लिनु हुन र अहिले भइरहेका साधारण सदस्यहरूले आफ्नो सदस्यता नवीकरण गर्नु हुन अनुरोध गरेका छन् ।

नेपाली घरको सदस्यता प्रक्रिया सम्बन्धी बुझ्नको लागि नेपाली घरको वेबसाइट https://nepalighar.org/ हेर्न अथवा कुनै पनि नेपाली घरका पदाधिकारीसँग सम्पर्क गर्न सक्नु हुनेछ । 

प्रतिक्रिया