अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३९ | Colorodo: 23:54

स्विन्डनमा राई इज किङ्गको धमाका

बिआरटीनेपाल २०७६ जेठ ३१ गते ४:०९ मा प्रकाशित

स्विन्डन -युके, आफ्नो बहुप्रतीक्षित अल्बम दर्शन नमस्ते -४ को रिलिज पश्चात् साङ्गीतिक विश्व भ्रमणको क्रममा बहुचर्चित गायक राई इज किङ्ग राजेश पायल राई आगामी सेप्टेमबर १४ गते शनिवार युके, स्विन्डनको म्युजिक इन्टरटेनमेन्ट कल्चरल एरिना हलमा स्विन्डन नेपलिज धमाका २०१९ कार्यक्रम मार्फत आफ्नो धमाकादार साङ्गीतिक प्रस्तुति दिदैछन ।

राई इज किङ्गसंगै पछिल्लो समयमा ब्याटल दोहोरी र्‍यापमा अति नै चर्चित लोक दोहोरी गायिका प्रीति आले, युवा गायक सुरेन ताम्लिङसंगै स्विजरल्याण्डबाट सुवास एण्ड ब्यान्डले समेत आफ्नो साङ्गीतिक प्रस्तुति पस्कने कार्यक्रम रहेको छ । साथै स्थानीय कलाकारहरूको पनि बेजोड प्रस्तुति रहनेछ ।

यो कार्यक्रमलाई स्थानीय चर्चित प्रस्तोता किसन राईले सञ्चालन गर्दै हुनुहुन्छ भने कार्यक्रम यो एरिया (स्विन्डन-युके) कै ठुलो, भव्य र मनोरन्जनात्मक पार्नकोलागि सबै आयोजना तथा व्यवस्थापन सुरेश कुमार परियारले गर्नुभएको छ । यसअघि परियारले साइप्रसमा नेपलिज धमाका लगायतका थुप्रै सफल कार्यक्रम आयोजना गरिसक्नु भएको छ ।

सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई सहयोग तथा माया गर्दै कार्यक्रमको भरपुर मनोरञ्जन लिन आयोजक समूहले आग्रह गरेको छ ।

प्रतिक्रिया