अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०१ | Colorodo: 08:16

प्रदेश नं २ मा एसइईको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध मुद्दा

बिआरटीनेपाल २०७६ जेठ २८ गते ९:५९ मा प्रकाशित

एसइइको प्रश्नपत्र आउट गर्ने १२ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । प्रदेश २ मा अनिवार्य सामाजिक र विज्ञान परीक्षाको प्रश्नपत्र आउट गरेको अभियोगमा आयोजले मंगलबार १२ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

२०७५ चैत १० गतेबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) का प्रश्नपत्र प्रदेश २ मा एकपछि अर्को गरी आउट भएको थियो । अख्तियारले इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत प्रहरी जवान दीपेन्द्रकुमार मण्डल, प्रहरी जवान ब्रम्हादेव सुनरैत, निमावि राहत शिक्षक मनोजकुमार यादव, प्रश्नपत्र लिक गर्न सहयोग गरेको अभियोगमा अरोध यादव, विष्णुदेव यादव, राजेशकुमार यादव, बबरमहल एन (परिवर्तित नाम), बबरमहल (एम) (परिवर्तित नाम), टंगाल ००१ (परिवर्तित नाम), टंगाल ००२ (परिवर्तित नाम), श्रवण यादव र इन्दल यादवलाई पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनको आधारमा अख्तियारले उनीहरु विरुद्ध मुद्दा दायर गरेको हो। परीक्षा सुरू हुने निर्धा्रित समय अगावै सार्वजनिक गरी गोपनीयता भंग गर्ने कार्यमा सहयोग गरेको र प्रश्नपत्रहरु प्राप्त गरी सुविधासमेत लिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ। अख्तियारले उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिमको कसुरमा कैद र जरिवानासमेत माग गरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू