अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०१ | Colorodo: 12:16

राम लामा ‘’अविनाशी’’को दोस्रो म्युजिक भिडियो सार्वजनिक

बिआरटीनेपाल २०७६ वैशाख १२ गते २२:४३ मा प्रकाशित

गीतकार राम लामा ‘’अविनाशी’’को दोस्रो म्युजिक भिडियो “काठमाडौँ सहरमा” सार्वजनिक भएको छ। उदीयमान युवा गायक सविन लामाको स्वर रहेको सो गीत मार्फत गीतकार राम लामा अविनाशीले वैदेशिक रोजगारीको पिडालाई देखाउन खोजेका छन्।

“काठमाडौँ सहरमा” नामक गीत मार्फत गीतकार लामाले बाबु आमालाई काडमाण्डौ सहरमा राख्ने अविलाशाले वैदेशिक रोजगारीमा गएको छोराको सर्धषलाई देखाएका छन् । अन्तर्राष्ट्रिय साहित्य समाजका बोर्ड अफ ट्रस्टीका कोषाघ्यक्ष समेत रहेका गीतकार लामा पत्रकारितामा समेत संलग्न छन्। अमेरिकाबाट सञ्चालित वीआरटी नेपाल डट कम अनलाइनका उनी प्रबन्घ निर्देशक हुन् । कथा, गीत ,कविता र समसामयिक लेखहरू समेटिएको गीतकार लामाको साहित्यिक सग्रह छिटै बजारमा आउने तयारीमा छ।

नेपाली साहित्यलाई प्रवर्धन गर्ने उघ्देश्यले गीतकार लामाले अन्तर्राष्ट्रिय साहित्य समाज मार्फत २५ सय अमेरिकी डलरको राम लामा साहित्य पुरस्कार समेत स्थापना गरेका छन्। सो पुरस्कार हरेक दुई वर्षमा प्रवासमा रहेर नेपाली साहित्यको अविबृघ्दिमा संलग्न साहित्यकारलाई प्रदान गरिने गरिन्छ। यस अघि गीतकार लामाको “मेरो बदनाम” नामक बोलको गायक यम बरालको स्वरमा गीतको म्युजिक भिडियो सार्वजनिक भएको थियो।जसलाई घेरैले रुचाएका थिए।

युवा गायक सविन लामाको निर्देशन रहेको “काठमाडौँ सहरमा” नामक म्युजिक भिडियोमा कलाकारहरु सुशील रेग्मी ,भावना पाठक र रोजित खत्रीको जीवन्त अभिनय देख्न सकिन्छ। गीतमा सङ्गीत किसान गुरुङ र सविन लामाको रहेको छ । गीतको छायाङ्कन नेपाल र कतारमा गरिएको छ।

काठमाडौँ सहर नामक उक्त गीतलाई तल दिएको यूटुव लिङ्कमा हर्न सकिन्छ। अमेरिकाका सफल व्यवसायी गीतकार लामा अमेरिका नेपाल चेम्बर अफ कर्मशका उपाघ्यक्ष समेत हुन्। गीतकार राम लामा सामाजिक कार्यमा समेत त्यतिकै संकृय छन्।

प्रतिक्रिया