अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३३ | Colorodo: 08:48

नेपाल इन्जिनियरिङ कलेजलाई माफियाबाट जोगाउन सन्चालकहरुको आग्रह

बिआरटीनेपाल २०७५ फागुन १० गते ८:४४ मा प्रकाशित

भक्तपुरको नेपाल इन्जिनियरिङ कलेजलाई दलालहरुको हातमा जानबाट बचाउन त्यसका सन्चालकहरुले आग्रह गरेका छन् । सामाजिक संस्थाकारुपमा रहेको कलेजलाई सन्चालकभित्रकै केही व्यक्तिहरुले ‘माफिया’सँग मिलेर निजीकरण गर्न खोजेको दाबी उनीहरुले गरेका हुन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कलेजका प्रिन्सिपल प्रा. डा. हरिकृष्ण श्रेष्ठलगायतका सन्चालकहरुले कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले जग्गा दलाल र शैक्षिक दलालहरुसँग मिलेर कलेज बेच्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

२०५१ सालमा तत्कालीन चाँगुनायारण गाविसमा स्थापना गरिएको नेपाल इन्जिनियरिङ कलेजले १७४ रोपनी सार्वजनिक जग्गा भोगचलन गर्दै आएको र हाल कलेजका नाममा दुई अर्ब रुपैयाँभन्दा बढीको भौतिक सम्पत्ति रहेको जनाइएको छ । सोही सम्पत्ति हत्याउन माफियाहरु सक्रिय रहेको पनि सन्चालकहरुले बताएका छन् । कलेजमा २१० जना शिक्षक तथा कर्मचारी र दुई हजार १०० विद्यार्थी अध्ययनरत् रहेका छन् ।

२०७० सालमा कलेजको अध्यक्ष भएलगत्तै न्यौपानेले कलेज बेच्नका लागि चलखेल गर्दै आएको र २०७४ वैशाख २५ गते कलेजलाई आफ्नो नाममा एकलरुपमा दर्ता गरेको पनि सन्चालहरुले बताएका छन् । सोही कलेजसम्बन्धी मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेकामा न्यौपाने समूहले मुद्दा अगाडि नबढाउनका लागि अख्तियारका आयुक्त राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको प्रकरण केही दिनअघि खुलासा भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू