अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध – कानूनमन्त्री ढकाल

बिआरटीनेपाल २०७५ माघ २६ गते ०:०६ मा प्रकाशित

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सङ्घीय सरकार सङ्घीयताप्रति प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रेस चौतारी मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले संविधान र सङ्घीयतालाई कार्यान्वयन गराउन सरकारले कानून निर्माण गरिरहेको जानकारी दिनुभयो । मन्त्री ढकालले मुलुकको ३३९ कानूनमध्ये १६५ निर्माण भइसकेको जानकारी दिँदै थप कानून संशोधन र निर्माण प्रक्रियामा छ भन्नुभयो ।

वाइडबडी जाहाजका विषयमा उत्पन्न विवादलाई समस्या समाधान गर्न छानबिन समिति बनिसकेको छ भन्दै मन्त्री ढकाले सत्य निरुपण मेलमिलाप आयोगका पदाधिकारीको म्याद समाप्त भए पनि आयोगको म्याद समाप्त नहुने उल्लेख गर्नुभयो । उहाँले न्यायालयप्रति जनताको विश्वास बढाउन सरकारले न्याय परिषद्मा उचित परामर्श र छलफल भइरहेकामा पनि जोड दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू