अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३६ | Colorodo: 00:51

कोलोराडोमा सुन्ने सुनाउने एघारौँ भाग सम्पन्न

बिआरटीनेपाल २०७५ पुष २९ गते २१:१० मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठानको नियमित मासिक सुन्ने र सुनाउने कार्यक्रमको एघारौँ भाग रक्की माउन्टेन फ्रेन्ड अफ नेपालका महासचिव श्री टीका पौड्यालको सभापतित्वमा आज सम्पन्न भएको छ । उक्त कार्यक्रमलाई कवि तथा गजलकार श्री वासुदेव खनालले आकर्षक ढङ्गले सञ्चालन गर्नु भएको थियो। 

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको सम्झना गर्दै नेपालीहरूको राष्ट्रिय एकता र पहिचानमा पृथ्वी नारायण शाहको भूमिकाको विभिन्न साहित्य अनुरागीहरूले चर्चा समेत गर्नु भएको थियो।

भाषा, साहित्य र सङ्गीतलाई बिना औपचारिकता सिधै सुन्ने सुनाउने कार्यक्रम मार्फत श्रोता सम्म पुर्‍याउने तथा सबै सर्जकको लागि साझा मञ्च तयार पार्दै आइरहेको समानताको पक्षधर यस प्रतिष्ठानमा सबैलाई समान अवसर प्रदान गर्ने गरेको छ। 

सेनु प्रसाद तिवारी, श्रीराम लुइटेल, समीर आचार्य, भूपेन्द्र महत, दीपा भट्टराई, सरोज भुसाल, सीता सापकोटा, टिका पौड्याल धन पौड्याल कार्यक्रममा रचनाहरू वाचन गर्नु भएको थियो। कार्यकमको थालनीमा प्रतिष्ठानका सदस्य ज्ञानेन्द्र काफ्लेले नेपाल सरकारका पूर्व सचिव श्री मोहन बन्जाडेको पृथ्वी नारायण शाहमा समर्पित कविता वाचन गर्नु भएको थियो भने कार्यक्रम सञचालक श्री वासुदेव खनालले नेपालका कवि सुमन खनालको समसामयिक व्यङ्ग्य कविता वाचन गर्नु भएको थियो।

आगामी अङ्कमा सके सम्म रक्तदान जीवनदानको बिषयमा रचना सृजनाको लागि अनुरोध गर्दै रक्तदान सहितको कार्यक्रम गरिने जानकारी प्रतिष्ठानले दिएको छ। प्रत्येक महिनाको दोस्रो आइतबार नियमित रूपमा सञ्चालन हुँदै आइरहेको यो कार्यक्रम यस वर्षको डिसेम्बर सम्म 10211 Ura lane, Thronthon मा सञ्चालन हुनेछ । 

प्रतिक्रिया