अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३४ | Colorodo: 14:49

नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २ सय ९७ औँ जन्मजयन्ती मनाईयो

बिआरटीनेपाल २०७५ पुष २७ गते ८:२५ मा प्रकाशित

आधुनिक नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको २९७ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज देशैभर विविध कार्यक्रम गरी मनाइएको छ । सरकारले आजको दिनलाई राष्ट्रिय एकता दिवसको औपचारिकता नदिएपनि राष्ट्रपति विद्यादेवी भण्डारीदेखि सरकारका मन्त्रीहरु एकता दिवसका कार्यक्रममा सहभागी हुनुभएको छ ।

वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका शाहले आफ्नो शासनकालमा स–साना राज्यलाई जोडेर नेपाल एकीकरण गर्नुभएको थियो । यही योगदानलाई कदर गर्दै पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसकारुपमा मनाइने गरिएकोमा २०६२÷०६३ सालको आन्दोलनपछि बनेको सरकारले यसलाई खारेज गरिदिएको थियो ।

तर, जनस्तरमा यो दिवस मनाउने क्रम भने कायमै छ । राष्ट्रिय एकता दिवसकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबारको मूलगेटमा रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभयो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायत विभिन्न राजनीतिक दलका नेताहरुले पनि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू