अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२६ | Colorodo: 22:41

वाईडबडी प्रकरण– उपसिमितले तयार पारेको प्रतिवेदन लेखा समितिद्वारा संशोधन सहित पास, बहालवाला र पूर्व मन्त्रीलाई कारबाही, गृहसचिवलाई सफाई

बिआरटीनेपाल २०७५ पुष २३ गते ८:१३ मा प्रकाशित

नेपाल वायुसेवा निगमले खरिद गरेका दुईवटा वाइडबडी विमानको खरिद प्रक्रियाबारे अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसिमितले तयार पारेको प्रतिवेदनमा छलफल गरी त्यसमा केही महत्वपूर्ण संशोधन गर्दै लेखा समितिले पारित गरेको छ ।

उपसिमितले तयार पारेको प्रतिवेदनले तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सचिव प्रेमकुमार राईलाई कारबाहीका लागि सिफारिस गरेकोमा समितिले त्यसमा संशोधन गर्दै उहाँलाई सफाई दिने उल्लेख गरेको छ । संशोधनमा निगमका महाप्रबन्धकले गलत सूचना दिएका कारण उहाँलाई कारवाहिको सिफारिस गरिएपनि पछि प्रेमकुमार राईले दिएका सबै सूचनाका आधारमा विमान खरिद प्रकरणमा उहाँको कुनै संलग्नता नरहेको देखिएको बताइएको छ ।

यस्तै उपसमिति प्रतिवदेनले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी र तत्कालीन मन्त्रीहरु जीवनबहादुर शाही र जितेन्द्र नारायण देवले सार्वजनिक खरिद ऐन विपरित विमान खरिद अगाडि बढ्दा पनि सतर्कता नअपनाएकोले नैतिक जिम्मेवारी र बदनियत देखिएको कारणले कारबाही सिफारिस गरिएकोमा त्यसमा संशोधन गर्दै बदनियत शव्द हटाई कानुन सम्मत कारवाहीका लागि सरकार र अख्तियारलाई निर्देशन दिने उल्लेख गरेको छ ।

समितिको सोमबार बसेको बैठकले अनियमितता छानबिन उपसमितिको प्रतिदेनका आधारमा कारबाही बढाउन निर्देशन समेत दिएको छ । समितिले निगम सञ्चालक समितिका सदस्य सचिव तथा महाप्रबन्धक भई पुरानो विमान खरिद गर्ने प्रक्रिया बढाइ प्रमुख भूमिका खेलेको देखिएकाले महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी कारबाही बढाउन निर्देशन दिएको छ ।

यस्तै, निगमबाट प्राप्त विवरणका आधारमा विमान खरिदका लागि बनाइएका उपसमितिमा रहेका ब्यक्ति र उक्त प्रकरणमा संलग्न अन्य माथि पनि छानबिन गर्न पनि समितिले निर्देशन दिएको छ । नेपाल वायुसेवा निगमले खरिद गरेका दुइटा वाइडबडी विमानको खरिद प्रक्रियाबारे अध्ययन गर्न संघीय संसदको सार्वजनिक लेखा समितिलेमंसिर २६ मा कांग्रेस सांसद राजेन्द्र कुमार केसी (राजन) को संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले गत बुधबार समितिलाई आफ्नो प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया